त्रि ज्योतिका पुर्व विद्यार्थीको पहलमा “पर्शुराम स्मृति प्रतिष्ठान”ले विपन्न परिवारहरुलाई सहयोग गर्ने
कपन अनलाइन
काठमाडौं ,बैशाख २५।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा विगत २६ वर्ष देखि शिक्षा सेवामा योगदान पुर्याउदै आएको त्रि ज्योती माध्यमिक विद्यालयका संस्थापक पर्शुराम पोखरेलको स्मृतिमा स्थापना भएको “पर्शुराम स्मृति प्रतिष्ठान” ले शारीरिक अपाङ्गता भएका ,सुत्केरी र जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने जानकारी गरेका दिएका छन।
सोहि विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का पारस राईले सहयोग गरेको ५० हजार ५ सय प्राप्त भए पश्चात प्रतिष्ठानका सचिव तथा विद्यालयका प्रधानाध्यापक गणेश कुमार मिश्रले बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का शारीरिक अपाङ्गता ,सुत्केरी र जेष्ठ नागरिकहरुहरुलाई सहयोग गर्ने जानकारी दिएका छन।
बैदेसिक रोजगारीमा रहेका प्रतिष्ठानका सदस्य राईले विपन्न तथा असहायहरुलाई सहयोग गर्ने अन्तर्मनको इच्छाका कारण आदरणीय गुरु पर्शुराम पोखरेलको स्मरण र सम्मान गर्दै प्रतिष्ठान मार्फत सहयोग गरेको बताएका छन।
नेपालको निजि शिक्षाको संस्थागत विकास र बुढानिलकण्ठ नगरपालिकामा निजि विद्यालय स्थापना गर्ने अग्रणी व्यक्तित्व पर्शुराम पोखरेलको योगदानको कदरका लागि स्थापना प्रतिष्ठान स्थापना भएको हो ।