“छहारी” को निशुल्क भोजन अभियानका सक्रिय अभियन्ता प्रदिप डंगोल
कपन अनलाइन
काठमाडौं ,बैशाख २५।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको क्रममा दैनिक २ हजार भन्दा बढी विपन्न तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई निशुल्क भोजन उपलव्ध गराउदै आएको छ।
नेपालका विभिन्न क्षेत्रमा छहारी भवन निर्माण गरी एकल महिला तथा हिंसामा परेका महिलाहरुको अधिकार ,पुन:स्थापना तथा स्वरोजगारको लागि काम गर्दै आएको एकल महिला समुहकी अध्यक्ष लिली थापा संगै यस अभियानमा निकै सक्रिय रहेका छन गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोल।
मनकारी व्यक्तिहरु जो अभियानमा सक्रिय छन :
लामो समय देखि निरन्तर विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेका डंगोल अहिले संस्थाका अन्य सदस्यहरुको मनोवल बढाउदै असहाय व्यक्तिहरुको भोको पेट भर्ने अभियानमा दत्तचित्त भएर लागेका छन।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बुढानिलकण्ठका सचिव समेत रहेका प्रदिप डंगोल अहिले असहायहरुको छहारी बनेको बुढानिलकण्ठ -७ मा रहेको छहारी भवनमा दैनिक तयार हुने निशुल्क भोजनको लागे आवस्यक सामाग्री व्यवस्थापन,स्वयंसेवक परिचालन,दाताहरुको खोजी तथा भोजन वितरण जस्ता कार्यमा सक्रिय रहेका छन।
“परोपकार पुन्याय पापाय परपीड नम:” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै विषम परिस्थितिमा असहाय र विपन्नहरुको सहयोगमा योगदान पुर्याउदा निकै ठुलो आत्मसन्तुष्टि प्राप्त हुने बताउदै डंगोलले बुढानिलकण्ठका अन्य परोपकारी मनहरुलाई सहयोगको आव्हान गरेका छन।