एसियाड टेबल टेनिस टोलीलाई हेराल्ड कलेजको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्ड कलेजको प्रोत्साहन

कपन अनलाइन
काठमाडौं भदौ १४।
आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस टोलीलाई आइतबार प्रोत्साहन स्वरुप ट्राभलिङ किट्स प्रदान गरेको छ । सुटकेस, टिसर्ट र ब्याग प्रदान गरिएको हो ।
हेराल्डका एकेडेमिक हेड विराज दुलालले ६ खेलाडी र १ प्रशिक्षक गरी ७ जनालाई किट्स हस्तान्तरण गरे । असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयामा हुने २० औं एसियाडमा समान ३–३ पुरुष÷महिला खेलाडीको नेपालको चुनौती पेश गर्ने छन् ।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र गनन्जय दाहाल तथा महिलामा नविता श्रेष्ठ, इभाना थापा र योङगी पौडेल सहभागी हुँदै छन् । संयोग र योङगी वर्तमान राष्ट्रिय च्याम्पियन हुन् ।
नौपटककी राष्ट्रिय च्याम्पियन नविताको यो लगातार पाँचौं एसियाड हुनेछ । संयोग, रुविन र इभाना दोश्रोपटक एसियाडमा सहभागी हुँदै छन् । योङगी र गनन्जयको ‘डेब्यु’ एसियाड हो । प्रशिक्षकमा मोहनदास बासुकला छन् ।

तपाइँको प्रतिक्रिया ।