बागमती प्रदेस सरकारलाई काठमाडौं क्षेत्र नं ५ (२) का वडा अध्यक्षहरुको महत्वपूर्ण सुझाव
कपन अनलाइन
काठमाडौं ,बैशाख १३।
बागमती प्रदेस सरकारको प्रकोप नियन्त्रण संग संगै नीति कार्यक्रम तथा बजेट निर्माणको काम अगाडी बढाउने निर्णय अनुसार काठमाडौं क्षेत्र नं ५ (२) प्रदेस क्षेत्रमा रहेका वडा अध्यक्षहरुले उक्त नीति तथा कार्यक्रममा समेट्नु पर्ने विभिन्न विषयहरुका वारेमा सुझाव दिएका छन।
सो क्षेत्र वाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको संजोजनमा भएको उक्त छलफल तथा सुझाव संकलन कार्यक्रममा प्रदेस सभा सदस्य भिमसेन खत्री र सीता लामाको उपस्थितिमा यस क्षेत्रभित्रका बूढानीलकण्ठ नगरपालिकाका वडा , ४, ६, ७, टोखा नगरपालिकाका वडाहरु २,३,४, ५ , ६,७, र काठमाडौँ महानगरपालिका वडा नं ३ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाको पशु सेवा कार्यालयमा भएको छलफल कार्यक्रममा वडा अध्यक्षहरुले प्रदेस सरकारले निर्माण गर्ने नीति कार्यक्रम तथा बजेटमा समेट्नुपर्ने विभिन्न विषयहरुका वारेमा सुझाव दिएका थिए।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहेका वडा अध्यक्षहरुले निम्न मुख्य सुझावहरु दिएका थिए।
मुख्य सुझावहरु :
१. एक निर्वाचन क्षेत्र एक अपांग विशेष विद्यालय
२.प्रत्येक वडामा भौतिक र प्राविधिक पूर्वाधार सम्पन्न स्वास्थ्य चौकी निर्माण
३.एक स्थानीय तह एक सामुहिक कृषि फर्म
४.पर्यटन प्रवर्धनका लागि विशेष योजना
५.विद्यालय -घर गरिरहेका वालवालिकाको सामाजिकीकरणका लागि विशेष योजना
आगामी वर्षको कार्यक्रममा माथिका मुख्य सुझाव संगै वडा अध्यक्षहरुले क्षेत्रमा संचालन हुने योजनाहरुका वारेमा पनि सुझाव दिएका थिए।
त्यस्तै छलफलमा सहभागी सबै प्रदेस सभा सदस्य तथा वडा अध्यक्षहरुलाई धन्यवाद दिदै प्रदेस सभा सदस्य निरौलाले जनप्रतिनिधि , कर्मचारीहरु संगै क्षेत्रका जनताको सुझाव पनि संकलन गर्ने आफ्नो प्रयास रहेको बताए।
लकडाउनका कारण प्रत्यक्ष सम्पर्कमा सुझाव लिन सक्ने अवस्था नरहेको परिस्थितिमा प्रदेस सभा सदस्य निरौलाले क्षेत्रवासीले nirauladeepak.ktm@gmail.com वा फेसबुक पेजमा सुझाव पठाएर सहयोग गर्न आग्रह गरेका छन।
