बुढानिलकण्ठ -२ मा तिन विकास योजनाको काम शुरु भएको छ :राजेन्द्र खड्का (अध्यक्ष )
कपन अनलाइन
काठमाडौं ,बैशाख १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले प्रकोप नियन्त्रण र रोकथामको अभियान संगै सुरक्षित रुपमा विकास योजनाहरुलाई पनि अगाडी बढाएको बताएका छन।
वडा नं २ मा रहेका तिन मुख्य योजनाको कार्य संचालन गर्न अनुमति लिएर कामदारहरुलाई सुरक्षा विधि अपनाएर काम शुरु गरिएको जानकारी दिदै अध्यक्ष खड्काले आगामी वर्षको योजनाका वारेमा पनि छलफल शुरु गरेको बताए।
वडा नं २ को वासिकु -बदेली मूल सडक ,सहयोगी मार्गको पर्खाल निर्माण र धोवीखोला कोरोडोरको पूर्वी भागमा बैशाख १३ गते देखि निर्माण शुचारु भएको जानकारी दिदै अध्यक्ष खड्काले वडाले खेतीपातीको समय भएकोले बिउ बिजन व्यवस्थापनका लागि तयारी गरेको बताए।
वडा नं २ मा हाल सम्म ८२५ जनाले राहत प्राप्त गरेको र अझै थपिने क्रम रहेको जानकारी दिदै अध्यक्ष खड्काले आपतकालीन सेवाका लागि वडाले दुइ वटा सवारी व्यवस्था गरि सेवा पुर्याइरहेको बताए।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ ले ५० जना स्वयंसेवक परिचालन गर्दै लकडाउन प्रभावकारी बनाउने तथा सचेतनाको योजना अगाडी बढाईरहेको छ।
त्यस्तै नियमित औसधी सेवन गर्ने वडावासीहरुको सेवाका लागि वडा कार्यलयले आसधि ल्याइदिने तथा गाउँ फर्कन चाहानेहरुलाई पनि सहयोग गरिरहेको छ।
वडा नं २ मा विदेस बाट फर्किएका सम्पूर्ण नागरिकको RDT परिक्षण सम्पन्न गरेर थप योजना बनाएको बताउदै अध्यक्ष खड्काले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।