सरकारले परिस्थिति हेरेर मात्र लक डाउन खोल्नु पर्छ :कलाकार श्रीकृष्ण सिंखडा

सरकारले परिस्थिति हेरेर मात्र लक डाउन खोल्नु पर्छ :कलाकार श्रीकृष्ण सिंखडा

कपन अनलाइन

काठमाडौं, बैशाख १२ ।सामाजिक अभियन्ता एबम कलाकार श्री कृष्ण सिंखडा यति बेला नोबेल कोरोना भाइरस रोकथाम लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षाको लागि नेपाल सरकारले लागु गरेको लक डाउनलाइ पूर्ण रुपमा पालना गर्दै घरमै बसेका छन। उनले लक डाउनमा के गरिरहेका  छन त भन्ने बुझ्नको लागि उनि संग छोटो कोराकानी गरेका थियौ, सोहि  कुराकानीमा आधारित सामग्री प्रस्तुत गरेका छौ ।

उनले अहिले सरकारले गरेको कार्य सबैको हितका लागि गरिएको हुनाले सबैले नियम  मान्नु पर्ने बताउदै घर बाटै रचनात्मक कार्य गर्न सकिने बताएका छन। उनले  सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गर्दै ।उनले घरमा बसेर हामीहरुले  आफूलाई, आफ्नो परिवारलाई मात्र सुरक्षित  नबनाई सम्पूर्ण नेपालीको जिवन रक्षाको लागि योगदान दिईरहेको बताए।

स्वास्थ्यलाई ध्यान दिँदै बाहिर हिड्न र भेटघाट बन्द गरेको बताउदै उनी भन्छन्  ‘सधै  कामको कारण बाहिर हिड्नुपर्ने बानीले घरमा एकै ठाउँमा बस्दा गाह्रो त हुँदोरहेछ। तर मैले सरकारको निर्देशनलाई मानेको छु, सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दै आफु ’अधिकांश समय समाचार हेरेर बस्ने बताउदै ‘नेपालमा के भइरहेको छ, महामारी भइ हाले के होला भनेर चिन्तित हुन्छु, फेसबुकका स्टाटस चेक गरिरहेको छु ।’लक डाउन बाट प्रभावितहरुको अवस्था देखेर चिन्तित हुदै सरकारलाइ सामाजिक संजालबाट सुझाब दिदै आएको पनि  बताए।  त्यसै गरि छतमा बसेर बाहिरको वातावरण नियाल्ने आदि कार्य गरेर समय बिताइरहेको उनी बताउँछन्।

उनि भन्छन मलाई  खाना बनाउने सोख पनि छ  । किताब पढ्ने, नयाँ पुस्ताका गीत सुन्ने पनि गर्छु । ‘त्यो बाहेकको समय भनेको आत्मबोधमा बिताउँने गर्थे त्यसको लागि समय  पाइरहेको छु’ उनले थपे, नेपाल कृषि प्रधान देश भएकोले कृषकहरुलाई सुरक्षित तवरले कृषिमा लाग्न सक्ने सुझाब दिएका छन । त्यस्तै उनले लक डाउन बाट प्रभावितहरुलाई सक्नेले सहयोग गर्नु पर्ने बताउदै  स्थानीय प्रतिनिधि, नागरिक समाज सहित सुरक्षाकर्मीहरुले आवश्यक तयारी गर्नु पर्ने पनि बताए। उनले यस महामारीको समय मा सबैजना एक ठाउमा उभिन पर्ने पनि बताए। उनले लकडाउनमा सर्वसाधारणको हेलचेक्र्याइँ बढेकोमा चिन्ता ब्यक्त गर्दै  र सरकारले परिस्थिति हेरेर मात्र लक डाउन खोल्न समेत सुझाब दिएका छन।

 ।  उनले आफु कलाकार पनि भएको र हास्यब्यङ्ग मन पर्ने बताउदै आफुले नेपालका  बिभिन्न नेताहरुको क्यारिकेचर सहित  बिभिन्न गीत संगीत बाट सामाजिक संजाल मार्फत  मनोरंजन प्रदान गर्दै आएको पनि बताए।  लक डाउन’को समय परिवारसँग बसेर व्यतित गरिरहेका आम नेपाली झैँ उनलाई पनि यो अवधि लम्बिएमा के गर्ने होला भन्ने चिन्ताले भने पिरोलिरहेको बताए  ।

तपाइँको प्रतिक्रिया ।