सुत्केरी महिलाहरुका लागि घ्यु बोकेर घर घर पुग्छन टोखा -५ का अध्यक्ष जगन्नाथ ढकाल
कपन अनलाइन
काठमाडौं ,बैशाख १२।
अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताकोहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।
यसै क्रममा आफ्ना वडामा रहेका सुत्केरीहरुलाई लकडाउनका कारण समस्या परेको सुचना प्राप्त गरे संगै टोखा नगरपालिका वडा नं ५ का अध्यक्ष जगन्नाथ ढकाल घ्यु बोकेर घर घरमा पुग्ने अभियानमा सक्रिय बनेका छन।
वैशाख १२ गते अध्यक्ष ढकालले वडाका ६ जना सुत्केरी महीलाहरुको घरमा पुगेर १ केजीका दरले घ्यु वितरण गरेका छन। वडाको अनुप डेरीको सहयोगमा शुरु गरिएको यो अभियानलाई निरन्तर बनाउनका लागि स्वयंसेवकहरुलाई अन्य सुत्केरी महिलाहरुको विवरण संकलन गर्न आग्रह गरिएको बताउदै अध्यक्ष ढकालले वडामा कुनै व्यक्तिलाई नियमित औसधि सेवन गर्नेलाई आर्थिक अभाव भएमा वडाले सहयोग गर्ने जानकारी दिएका छन।