बागमती प्रदेस प्रवेस गर्ने नाकामा अटोमेटिक सेनेटाईजर मेसिन जडान

बागमती प्रदेस प्रवेस गर्ने नाकामा अटोमेटिक सेनेटाईजर मेसिन जडान

कपन अनलाइन
हेटौंडा,  बैशाख १२।
बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रीने यात्रुहरूलाई हेटौंडा उपमहानगरले सेनेटाईज गरेर भित्राउने व्यवस्था गरेको छ।

शुक्रबार हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाईजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्रीले सुरुवात गरेका छन  । मुख्यमन्त्री पौडेलले यो मेसिन प्रभावकारी हुने बताउनुभयो । रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई  अनिवार्य सेनेटाईज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन  ।

अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन प्रदेशका बिभिन्न स्थानहरुमा जडान गरीने उहाले बताए  । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनी भौतिक दुरी कायम गरि सेनेटाईज गरीने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिएका छन   ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ ।मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया लागतमा हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । यस्तै सेनटाईज सेवा चितवनमा पनि रहेको मञ्चले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।