राहत व्यवस्थापनका लागि सहयोग गर्न काठमाडौं -७ का अध्यक्ष शुद्ध डंगोलको अपिल

राहत व्यवस्थापनका लागि सहयोग गर्न काठमाडौं -७ का अध्यक्ष शुद्ध डंगोलको अपिल

कपन अनलाइन

काठमाडौं ,बैशाख २।

काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्ध डंगोलले राहत प्राप्त गर्नुपर्ने धेरै वडावासी थपिए संगै बजेट अभाव भएको गुनासो व्यक्त गरेका छन।

करिव १७ लाख रुपैयाको राहत सामाग्री वितरण गर्दा महानगरपालिकाको ८ लाख  र वडामा सहयोग संकलन भएको ४ लाख गरि जम्मा १२ लाख  बजेट आएको र अझै धेरै माग भएकोले त्यसको व्यवस्थानका लागि  आर्थिक वा अन्य सहयोग आवस्यक परेको बताएका छन ।

वडामा रहेका संघ संस्था तथा व्यक्तिहरुलाई सहयोगको अपिल गर्दै अध्यक्ष डंगोलले आफुले प्रतिनिधि सभा सदस्य संग कुरा गरे पनि सहयोग नपाएको गुनासो गर्दै आर्थिक र भौतिक सहयोग जुटाउने अभियानमा साथ दिन अपिल गरेका छन ।

वडामा अझै करिव ५ सय भन्दा बढी राहत प्राप्त गर्ने व्यक्तिहरुको तथ्यांक रहेको जानकारी गराउदै अध्यक्ष डंगोलले यस विषम परिस्थितिमा सबैको सहयोगको अपिल गरेका छन।

नगद तथा जिन्सी व्यवस्थापन गर्दै वडामा रहेका कसैलाई पनि खाद्यान्न अभाव नहोस भन्ने अभियानमा वडा सदस्यहरु सहित आफु सक्रिय रहेको बताउदै डंगोलले वडाका विद्यालय ,सहकारी ,ब्यापारिक प्रतिष्ठान र व्यक्तिहरुलाई अपिल गर्दै हाल सम्मका दाताहरुको विवरण सार्वजनिक गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।