बुढानिलकण्ठ -१२ मा रौतहटबाट आएको परिवारका कारण तनाव

बुढानिलकण्ठ -१२ मा रौतहटबाट आएको परिवारका कारण तनाव

कपन अनलाइन

काठमाडौं ,बैशाख २।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको एक घरका कारण केहि दिन वडाका जनप्रतिनिधि र सुरक्षा निकायले निकै शास्ती भोग्नु परेको छ।

रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नं ६ स्थायी  ठेगाना भएका कन्तलाल शाह र उनको परिवार चैत २९ गते काठमाडौं फर्किएर घरमा बसे संगै कोरोना संक्रमण परिक्षणको माग गर्दै उनका छिमेकीले विरोध गरेका थिए ।

चैत १५ गते आफ्ना काकाको मृत्यु भएर रौतहट गएका शाह २९ गते फर्किएका थिए।स्थानीयहरुको विरोध र सामाजिक संजालमा गुनासो आए संगै  वडा कार्यालयले  शाह परिवारलाई घर भित्रै क्वारेन्टाइनमा बस्ने ब्यावस्था मिलाएको थियो ।

तर काठमाडौंका अन्य स्थानमा कोरोनको सक्रमण देखिए पछी स्थानीयहरु त्रसित बनेर सो घरमा बसेका सबै जनालाई अन्यत्र सर्न अनुरोध गरे संगै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख र प्रहरी वृत बौद्धका प्रहरी नायव उपरीक्षक सहितको टोलीले स्थलगत अनुगमन गरेर उक्त परिवारको व्यवस्थापन गरेका थिए।

अहिले उक्त परिवारलाई घरमै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएर नगरपालिकाले निगरानीका लागि मान्छे व्यवस्थापन गरि स्वास्थ्य जांच समेत गरेको छ ।

उक्त परिवारका सदस्यहरुको जांच गर्दा प्रारम्भिक परिणाम नकारात्मक आएको बुढानिलकण्ठका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले जानकारी दिए ।

त्यस्तै वडामा स्वास्थ्य परिक्षण जे रहेको र उक्त घरका सदस्यहरुको निगरानी गरेर क्वारेन्टाइनमा राखिएकोले नडराउन वडा अध्यक्ष शम्भु भट्टराईले आग्रह गरेका छन । बाहिर प्रचार गरिए जस्तो डरलाग्दो स्थिति नभएको भन्दै उंहाले सबै वडावासीले लकडाउनको पालना गर्नु  अपिल गरेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।