त्रि-ज्योति मावि बुनपा – १२ को दोस्रो त्रि–ज्योति रचनात्मक प्रदर्शनी सम्पन्न

त्रि-ज्योति मावि बुनपा – १२ को दोस्रो त्रि–ज्योति रचनात्मक प्रदर्शनी सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फागुन २। बुढानिलकण्ठ नगरपालिका वडा नं – १२ स्थित त्रि-ज्योति माविले  आयोजना गरेको दोस्रो त्रि–ज्योति रचनात्मक प्रदर्शनी (Second TRI-Jyoti Creative Expo-2076) कार्यक्रम सम्मपन्न भएको छ ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव ढङ्गोलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभा सदस्य दिपक निरौला रहेका थिए ।  अतिथिहरुमा नगरका प्रवक्ता नबराज भट्टराई, शिक्षा क्षेत्रका समाजसेवी रविन अधिकारि, बुनपा – १२ का वडा सदस्य पुरुषोत्तम नेपाल लगायत प्याबसक, प्याबसनका पादधिकारि, अभिभावकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  गणेश मिश्रले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिलाई स्वागत गरेका थिए।

सो कार्यक्रममा विद्यार्थीले बनाएका विज्ञान र गणित विषयका ज्ञान् बर्दक सामग्रीको प्रमुख अतिथि निरौला र अन्य अतिथिले अबलोकन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले शिक्षा क्षेत्रमा त्रि ज्योति र यहाँका विद्यार्थी तिब्ररुपमा अगाडि रहेको बताउदै आफुले बनाएको सामग्री व्यवहारमा उतार्ने प्रयत्न गर्न आग्रह गरेका छन्।

 

तपाइँको प्रतिक्रिया ।