बुढानिलकण्ठ नगरपालिका-११ को बहाल सम्झौता सम्बन्धी सूचना
कपन अनलाइन
काठमाडौं, फागुन २ । बुढानिलकण्ठ नगरपालिका वडा नं – ११ को कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।
वडा अध्यक्ष राजु अधकारी द्वारा हस्ताक्षरित उक्त सूचना मार्फत बुनपा – ११ मा पर्ने कुनै पनि घर, टहरा र जग्गा बहालमा लिन आउने स्वदेशी/ विदेशीलाई बहालमा दिंदा तपशिल बमोजिमको कागजात संलग्न गरी उस वडा कार्यलयको अनुमति लिएर मात्र बहालमा राख्नुहुन् अनुरोध गरेको छ। वडाको अनुमति बिना बहालमा राखी पछि कुनै समस्या परेमा स्वंम बहालमा दिने व्यक्ति जवाफदेही हुने छ।
तपशिल
- बहाल सम्झौता
- दुवै पक्षको परिचय पत्र प्रतिलिपि
- जग्गा धनी प्रमाण पत्र प्रतिलिपि
- बहाल कर तिरको रसिद
तपाइँको प्रतिक्रिया ।