गोल्डेन पिक हाइ स्कुलद्वारा आयोजित “फुड फेस्टिभल” सम्पन्न

गोल्डेन पिक हाइ स्कुलद्वारा आयोजित “फुड फेस्टिभल” सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ १२ । सरस्वतीनगर चावहिल स्थीत गोल्डेनपिक हाइ स्कुलले आयोजना गरेको  मेला “फुड फेस्टिभल” सम्पन्न भएको छ ।

बालबालिकाहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि उक्त खाना मेला  स्कुलले आयोजना गरेको थियो । पाक शिक्षा प्रत्येक व्यक्तिको जीवनमाअपरिहार्य सीप हो जसको महत्वबुझाउन, स्वस्थ्य र नेपालका मौलिक परिकारहरुलाई विश्वव्यापी गराउन पनिविद्यालयले आफ्नो पाठ्यक्रममा राखेर विद्यार्थी स्वयंलाई प्रयोगात्मक गराएको थियो ।

नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले खाने खानाहरु जस्तैः रिल्दोक सेन, स्याक्पा, सुज्या, रिकुर, छम्दुर, रिल्दुककाबारेमाकक्षा कोठामा पढेर उनीहरुले सामाग्रीहरु जुटाई बनाएका थिए ।

कक्षा ४ र ५ का बालबालिकाहरुलाई शेर्पा समुदायले खाने मौलिक खाना र यसको महत्वका बारेमा जानकारी गराउदै आफ्नै घरमा उपलब्धहुने खाने कुरालाई मिलाएर खाँदा पौष्टिक तत्व पाउने, स्वस्थ्य खाना खान पाइने र बातावरण अनुसारको खाना हुने भन्ने बुझाउन प्रयोगात्मक कक्षा गरिएको हो ।
नेपालकाअन्य जातिले सबैले खाने मौलिकखाना जस्तैः सेल रोटी, कोदोको रोटी, आलुदम, समोसा, हलुवा, भुटेको मकै बनाएका थिए ।

कक्षा ६ र ७ का विद्यार्थीहरुले नेपाली, भारतीय र अंग्रेजीखानाहरु बनाएर उक्त देशहरुका विद्यार्थीहरुसँग आफ्ना बारेमा बताउने र उनीहरुको बारेमा पनि भिडियोमा हेरेका थिए । अंग्रेजी खानाहरुमा प्यान केक, सेफर्डस पाई, स्पोञ्जि केक बनाएका थिए ।
उक्त खाना मेलामा विद्यार्थी परिषद्ले आफै आयोजना गरी अभिभावकहरुलाई निमन्त्रणा गरी थोरै मूल्य राखेर बिक्री गरेका थिए । खाना बनाउन, विक्रि गर्न र व्यवसायी कसरी बनिन्छ भन्ने शिक्षा दिन यो कार्यक्रम गरिएको विद्यालयका शिक्षक सागर बस्नेतले बताए । बालबालिकाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीप सिकाइएको र स्थानीय खानाहरुको महत्व र बनाउने तरिका सिकाउदा प्रयोगात्मक कक्षाका कारण विद्यार्थीहरुलाई बुझाउन सजिलो भएको  बताइन शेर्पा खानाका संयोजक विर्सना राईले ।

व्यवसाय संचालन गर्दा, विक्री कक्षमा बस्दा कस्तो हुन्छ र मार्केटिङ्ग, बजार व्यवस्थापन तथा हिसाब राख्न प्रयोगात्मक शिक्षा प्रदान गर्न कक्षा ८ र ९ का विद्यार्थीहरुलाई जिम्मा दिईएको थियो । जसमा विद्यार्थीहरु प्रिन्सा भुजेल, सोनिया राई,अनुपम कपाडी, सुमन खड्काका अनुसार यस्तो कार्य सजिलो रहेनछ । धेरै ध्यानपुर्वक र मिठो बोलीचाली साथ धैर्यताप निचाहिने रहेछ भन्ने बुझिएको बताए ।
अभिभावकहरु बन्ती श्रेष्ठ, ज्ञानु शेर्पा, आस्थागौलीशर्मा, दावा शेर्पाका अनुसार आफ्ना छोरा छोरीहरुले बनाएका खाना खान पाउदा एकदम खुशी लागेको साथै उनीहरुको प्रोजेक्ट राम्रो होस् भनेर सिकाउन पनिआएको बताए ।

सोनाम ल्होसारको अवसरमा पारेर खाना महत्सोव गरेको र आफ्ना बालबालिकाहरुले तयार गरेको अभ्यास गरेको खानेकुरा खान पाउदा गर्व लागेको बताए ।
विद्यालयले व्यवहारिक ज्ञान प्रदानगर्न पाकशिक्षाको सीप प्रदानगर्न विद्यार्थीकै अग्रसरतामा कार्यक्रम गरिएको बताए विद्यालय व्यवस्थापन समितिकाअध्यक्षअर्जुन के.सी.ले । प्रयोगात्मक कक्षा भएको कारण विद्यार्थीहरुको निरन्तर मूल्यांकन पद्धतीमा विद्यार्थीहरुको व्यवहारिक पक्षको पनि मूल्यांकन गरिने  कोअर्डिनेटर तेज बहादुर कटुवालले बताए ।

तपाइँको प्रतिक्रिया ।