दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’ को घोषणा
कपन अनलाइन
काठमाडौं, माघ १२। नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रममा १२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ ।
प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।
प्रतियोगिताको शर्तअनुरुप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ । ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ निर्णायक मण्डलमा रहेका छन् ।
नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १०गतेभित्र ‘बाह्रखरी कथा’ को ईमेल ठेगानामा पठाइसक्नुपर्नेछ ।
कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुनेछ ।
आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।
यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने हाम्रो विश्वास रहेको छ ।
पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।
गत वर्ष मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । प्रथम हुने कथाकारले एकलाख, द्वितीय र तृतीय हुनेरले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको थियो ।
कथा पठाउदाका शर्त तथा नियम
–कथा नेपाली भाषामा हुनुपर्नेछ ।
–अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहो¥याउन पाइने छैन ।
–कथा अप्रकाशित र अप्रशारित हुनुपर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुञ्जेल कथा कतै प्रकाशन तथा प्रशारण गर्न पाइने छैन ।
–छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
–‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
–कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
–प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
–प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले ईमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।
कथा पठाउनका लागिः
ईमेल– [email protected]
सम्पर्कः ०१(४१०६५१, ०१(४१०६५६, ९८०१८४९६१९