नामीमा दीक्षान्त समारोह सम्पन्न

नामीमा दीक्षान्त समारोह सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,फागुन १६।

काठमाडौंको नयाँबानेश्वरमा रहेको  (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट ) नामीमा दीक्षान्त समारोह सम्पन्न भएको छ।

बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातकतहको दीक्षान्त समारोह आयोजना गरेको हो ।
उक्त समारोहमा स्नातकतहमा २०२० माभर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए ।
दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि मित्रराष्ट्र बेलायतका राजदूत रब (Rob Fenn) ले स्नातक उपाधि हस्तान्तरण गरेका थिए। दीक्षान्त समारोह कलेजका चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।
नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट मध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् ।
नामीमा राष्ट्रिय परीक्षाबोर्ड अन्तर्गतको प्लस टू, जीसीई ए लेभल, बिएस्सी कम्प्युटिङ, एमएस्सी कम्प्युटिङ, बीएस्सी सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी इन्भायरोन्मेन्टल साइन्स, बीबीए, बिएस्सी नेटवर्क इन्जिनियरिङ जस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

तपाइँको प्रतिक्रिया ।