फागुनको अन्तिम साता प्याब्सन नेशनल स्कुल एक्स्पो हुने

फागुनको अन्तिम साता प्याब्सन नेशनल स्कुल एक्स्पो हुने

कपन अनलाइन

काठमाडौं, माघ ८। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी फागुनमा नेशनल स्कुल एक्स्पो गर्ने भएको छ।

फागुन २१ देखि २४ गतेसम्म भृकुटीमण्डपमा प्याब्सन नेशनल स्कुल एक्स्पो आयोजना हुने भएको छ। आफ्नो सांगठनिक धारलाई तिखो बनाउन र सदस्यलाई विद्यालयको बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिने प्याब्सनका उपाध्यक्ष ईश्वर बहादुर गुरुङले बताए।

अभिभावक र विद्यार्थीलगायत शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई नेपालका विद्यालयका बारेमा बृहत जानकारी प्रदान गरिने उनले बताए। मेलामा सहभागि भएर आफ्ना बालबालिका लागि उपयुक्त विद्यालयको छनोट गर्ने अवशर प्राप्त गर्न सकिने उनले बताए। मेला व्यवस्थाको जिम्मेवारी वन अफ इभेन्ट म्यानेजमेन्टलाई दिइएको छ।

मंगलबार एक कार्यक्रमकाबीच प्याब्सन र वन अफबीच मेला आयोजना गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

तपाइँको प्रतिक्रिया ।