लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ले भ्रमण बर्ष २०२० सहित राष्ट्रिय टोपी दिवस मनायो

लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ले भ्रमण बर्ष २०२० सहित राष्ट्रिय टोपी दिवस मनायो

कपन अनलाइन

काठमाडौं, पौष १७ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, नयाबस्तीमा संचालित  लर्ड्स लाइट एकेडेमीले नेपाली पहिचानको सार्थकता, टोपी लगाउने संस्कारको निरन्तरता भन्ने मूल नाराको  साथमा नेपाल भ्रमण बर्ष २०२० र राष्ट्रिय टोपी दिवस मनाएको छ।  पौष १६ गते  बिध्यालय प्रांगणमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, बिद्यालयका एकेडेमिक डाइरेक्टर रुद्र कुवर, बोर्ड अफ डाइरेक्टर जयदेव लामा, इन्चार्ज सागर राना, समाजसेवीहरु कृष्ण लामा , वांछु शेर्पा, अमलादेवी श्रेष्ठ लगायत  अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता लर्ड्स लाइट एकेडमीका प्रिन्सिपल निराजन आचार्यले गरेका थिए भने कार्यक्रम संचालन शंकर भट्टराईले गरेका थिए ।

कार्यक्रममा बिद्यालयले प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई नेपाली टोपी लगाईदिएर स्वागत गरेका थिए भने औपचारिक रुपमा कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा , रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, लगायतका अतिथिहरुले संयुक्त रुपमा नेपाको  झण्डा  सहित नेपाल भ्रमण बर्ष २०२०  र राष्ट्रिय टोपी दिवस लेखिएको ब्यानर बेलुनमा उडाएर उद्घाटन गरिएको थियो ।

कार्यक्रममा  शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले आयोजकलाइ धन्यबाद दिदै  पछिल्लो समय  नेपालीहरुले पाश्चात्य संस्कृति, संस्कार र पोशाकलाई अँगाल्दै जाँदा नेपालको मौलिक राष्ट्रिय पोशाक संकटमा  परेको अवस्थामा बिद्यार्थीहरुलाई नेपालीहरुको पहिचान टोपी लगाउने संस्कार सिकाएकोमा खुसि ब्यक्त गरेका थिए। विदेशीहरुले नेपाल र नेपाली चिन्ने प्रतीक बनेको छ टोपी उनले भने ।

कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यबाद दिएका थिए। उनले बिद्यालयमा राजनीतिक कुरा भन्दा आफुले जानेको कुरा बिद्यालयका बिद्यार्थीलाइ सिकाउन तयार रहेको बताएका थिए। उनले आफु जियोलोजी को बिद्यार्थी भएको हुँदा त्यस संग सम्बन्धित  बिषय बिद्यालयले आफुलाई  समय प्रदान गरेमा गेस्ट टिचरको रुपमा बिद्यार्थीहरुलाई सिकाउन तयार रहेको बताएका थिए ।उनले  अर्काको संस्कृतिमा रमाउनुभन्दा आफ्नै मौलिक संस्कृतिमा गर्व गर्न सकेमात्रै नेपाल र नेपाली संस्कृतिको अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्न सकिने बताए।उनले देशले भ्रमण वर्ष मनाइरहदा बिद्यालय तह देखिनै बिद्यार्थीहरुलाई नेपालको धार्मिक, सांस्कृतिक  तथा भौगोलिक बिबिधता को बारेमा ज्ञान दिनुपर्नेमा जोड दिएका थिए।

सभाध्यक्षको आसन बाट बोल्दै बिद्यालयका प्रिन्सिपल निराजन आचार्यले पछिल्लो समय नेपालीले आफ्नो मौलिक संस्कृति बिर्संदै गएकोमा  बिद्यालय तह बाट नै बिद्यार्थीलाइ सोको बारेमा जानकारी गराउने उदेश्य सहित बिभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले लर्ड्स लाइट एकेडमीले किताबी ज्ञान मात्र नभएर व्यवहारिक शिक्षामा जोड दिएको पनि बताए ।

उनले अरुका चाडपर्व र दिवसहरु निष्फिक्री मनाउँदै गर्दा आफ्नै मौलिकता भने बिर्सिंदै जान थालेको परिप्रेक्ष्यमा अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नु आफैँमा सकारात्मक थालनी  भएको पनि बताए   उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।