तारेभिरमा रक क्लाइमिङ सहितको अल्टिमेट भेन्यु रेसोर्ट संचालनमा

तारेभिरमा रक क्लाइमिङ सहितको अल्टिमेट भेन्यु  रेसोर्ट संचालनमा

कपन अनलाइन 

काठमाडौ,पौष १७ ।हिजोआज नेपालमा फेमिली आउटिङको ट्रेन्ड बढ्दैछ । व्यस्तताका बाबजुद समय निकालेर शारीरिक एवं मानसिक रूपमा रिफ्रेस हुन छोटो–लामो भ्रमणमा निस्कने लहरका कारण अहिले फरक सेवाका साथ पृथक् शैलीका रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम बढको छ। व्यवसायीहरू बाह्यभन्दा आन्तरिक पर्यटकले यस्ता रिसोर्ट तथा रेस्टुराँ धानिरहेको कुरासँग सहमत छन् ।

ठूलो लगानीमा अत्याधुनिक सेवा–सुविधायुक्त होटल, रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम धमाधम बढिरहेका बेला सम्बन्धित व्यवसायीहरूको पनि सक्रियता वृद्धि भएको छ ।अहिले सप्ताहन्तको छुट्टी मनाउन होस् वा बर्थ डे, एनिभर्सरी लगायत अन्य गेटटुगेदरका लागि होस् साथीभाइ एवं परिवारका साथ जाने प्रचलन बढेकाले त्यस्ता स्थानमा भीड लाग्न थालेको पाइन्छ ।

समुन्द्री सतहबाट २००७ मिटर उचाइमा रहेको काठमाण्डौको तारेभिर , उपत्यकाको उच्च स्थान मध्येको एक हो । बाह्य एवम आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको सिमा क्षेत्र हो । पर्यटकीय गतिबिधि बढाउन र तारेभिर क्षेत्रलाइ चिनाउन बिगत ५ बर्ष देखि हरेक बर्षको माघ १ गते  उक्त  ठाउमा “तारेभिर महोत्सब” मनाउदै आएको छ ।शिवपुरी हिल्स संगै रहेको र तामांङ जातीको बढी बसोबास भएको तारेभिर धार्मिक महत्व बोकेको क्षेत्र पनि हो ।

यसै क्षेत्रलाइ आधार बनाएर आन्तरिक एवम बाह्य पर्यटन बढाउन केहि उत्साहित युवाहरुले विभिन्न “आउटडोर एडभेन्चर” र “रक क्लाइमिङ” “सहितको सुबिधा भएको “अल्टिमेट भेन्यु” नामक एडभेन्चर रिसोर्ट संचालनमा ल्याएका छन् । हिमाल चढ्न पोख्त र माउन्टेनरिंङको तालिम दिने युवा समूहले सन्चालन गरेको उक्त रिसोर्ट तारेभिर , नारायण डाडामा अबस्थित छ । रिसोर्टमा बिभिन्न बाटाहरु बाट सजिलै पुग्न सकिन्छ । बुढानिलकण्ठको देउवाचोक बाट ३.५ किमी मोटर बाटो , कपन बालुवाखानी बाट गाम्चा हुदै ५ किमी को मोटर बाटो, गोकर्णेश्वर मन्दिर बाट बालुवा-सुन्ताखान हुदै ६ किमीको मोटर बाटो साथै गणेश चोक हात्तिगौडा बाट ३.५ किमी मोटर बाटोले रिसोर्टलाइ जोडेको छ ।

हाइकिंग गरेर जानेहरुको लागि पनि उक्त रिसोर्ट पुग्न बिभिन्न हाइकिंग ट्राइल रहेका छन् । बुढानिलकण्ठको मुहान पोखरी बाट, कपनको थानेडाडा हुँदै जगडोलको  भन्ज्यांङ बाट र गोकर्णेश्वर मन्दिर बाट बढीमा १ घण्टाको हिडाईमा रिसोर्ट पुग्न सकिन्छ ।कपन अनलाइन संग कुरा गर्दै रिसोर्ट संचालक सुरेश तामांङ भन्छन “एडभेन्चरमा रुची राख्ने आजको युवा पुस्तालाई लक्ष्य राखेर हामीले रिसोर्ट संचालन गरेका हौ । प्राकृतिक रुपमै रहेको बिशाल चट्टानमा अनुभबी र तालिम प्राप्त प्रसिक्षकको प्रत्यक्ष निगरानीमा हामि रक क्लाइमबिंग गराउछौ” त्यहा रक क्लाइमबिंग लगायत डोरीका बिभिन्न एडभेन्चर खेलहरु पनि रहेको तामांङ बताउछन। उनि भन्छन “हामी कहा एडभेन्चर सम्बन्धि सम्पूर्ण गतिबिधि उपलब्ध छ । नागी गुम्बा हाइकिंङ, माउन्टेन बाइकिंङ , आउटडोर क्याम्प लगायतका सुबिधा पनि हामीले पाहुनालाइ दिने गरेका छौ” यसको अलावा बिदामा पिकनिक मनाउन पनि रिसोर्ट उपयुक्त स्थल रही आएको छ ।

२७० डिग्रीमा काठमाण्डौ उपत्यकाको दृश्य देखिने रिसोर्टबाट सुर्यदय र सूर्यास्तको मनोरम दृश्य पनि हेर्न सकिन्छ । रिसोर्टमा हाल combat obstacle course , high rope obstacle course, basic & advance rock climbing, boot camp लगायतका एडभेन्चर गतिबिधि उपलब्ध रहेको रिसोर्टका अर्का संचालक आभुषण कार्कीले हामीलाई जानकारी गराए तर यो संगसंगै अल्टिमेट भेन्युको मुख्य उदेश्य  “Boot Camp” रहेको कार्की बताउछन ।“कहिले काँही जीवनमा आफ्नो योग्यता आफ्नै आँखामा र अरूको आँखामा प्रमाणित गर्न आवश्यक पर्दछ। बुट शिविरले त्यो बहादुरी प्राप्त गर्न मद्दत गर्दछ ।

यो व्यक्तिगत लक्ष्य, समूह लक्ष्य का साथै टिममा अन्यसँगको समन्वयको बारेमा ज्ञान दिने तालिम हो । सामान्यतया, यो क्याम्प सही मार्गदर्शन, समर्थन र सही मनोबलको साथ अकल्पनीय योग्यता हासिल गर्नको लागि हो” उनि भन्छन “हामीले आउटडोर रोमांच, शारीरिक फिटनेस, टीम निर्माण व्यायाम, व्यक्तित्व विकासको साथ विभिन्न समयका लक्ष्यहरू सहितको पाठ्यक्रम डिजाइन गरि बुट क्याम्प संचालन गरेका छौ” यस्तो बुट क्याम्प युरोप , अमेरिकाको बिकसित देशहरुमा मात्र संचालन हुदै आइरहेको छ ।

एसिया मै पहिलो पटक नेपालमा तारेभिरमा रहेको अल्टिमेट भेन्युले यो क्याम्पको संचालन सुरु गरेको हो, यस बाहेक रिसोर्टमा बिदाको बेला स्कुले बिधार्थीहरु लगायत एड्भेन्चरमा रुची राख्ने अन्यको लागि पनि सुलभ मुल्यमा रक क्लाइमबिंगका विशेष कोर्समा तालिम दिने ब्यबस्था पनि रहेको  संचालक बताउछन ।नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाईरहंदा साहासिक खेलको मज्जा लिनको लागि उक्त रिसोर्ट राम्रो गन्तब्य हुन सक्दछ ।

 सरोज बस्नेतको क्यामरामा कैद भएका तस्बिरहरु

तपाइँको प्रतिक्रिया ।