लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले नेपाल प्रवेश गर्ने १०३ जना बिदेशी पर्यटकहरुलाई स्वागत गर्यो

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले नेपाल प्रवेश गर्ने १०३ जना बिदेशी पर्यटकहरुलाई स्वागत गर्यो

कपन अनलाइन

काठमाडौं पौष १७। नेपाल भ्रमण वर्ष–२०२० सुरू भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२० लागेसँगै नेपालमा भ्रमण वर्ष सुरू भएको हो ।  नेपाल आउने पर्यटकहरुलाई  बुधबार त्रिभुवन विमानस्थलमा बिभिन्न संघ सस्था तथा पर्यटन व्यवसायीहरुले  बाजागाजासहित स्वागत गरिएको थियो। त्यसै क्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले बेदेशी पर्यटकहरुलाई न्यानो  स्वागत गरेको छ  ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को कार्यक्रम अन्तर्गत  पर्यटकहरुलाई स्वागत गरिएको हो। नेपाल सरकारद्वारा घोषित भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागि  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय  बिमान स्थल काठमाडौँबाट नेपाल प्रवेश  गर्ने १०३ जना बिदेशी पर्यटकहरुलाई लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालको तर्फबाट नेपाली टोपी लगाई स्वागत  गरिएको थियो।

अपरान्ह १२:३० बजे त्रिभुवन विमानस्थलको आगमन कक्षमा  जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का  इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल,  फर्स्ट भिडीजी लायन टंक बहादुर श्रेष्ठ, डिस्ट्रिक चियर पर्सन लायन राजन श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्तमान प्रेसिडेन्ट लायन  ठण्ड राज ठकुरी (राजन)लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थितिमा बिदेशी पर्यटकहरुलाई स्वागत गरिएको थियो। न्यानो स्वागत सत्कार पाउदा पर्यटकहरुमा उत्साहित भएका थिए ।

 

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले भ्रमण बर्षको बारेमा देश तथा विदेशमा  बिभिन्न प्रचारात्मक कार्यहरु गर्दै आएको  छ । उनीहरुले  भ्रमण वर्ष २०२० सफल पार्नको लागि बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।

यसै क्रममा भिजिट  नेपाल सचिवालय संगकाे सहकार्यमा “रूद्र गंगा नेचुरल वाटर प्रा लि ले भ्रमण बर्ष २०२० काे पहिलाे दिन उदघाटन समाराेह स्थल दशरथ रंगशाला मा निशुल्क ” रसुवा पानी” बितरण गरेकाे थियाे । उक्त अवसरमा लायन्स क्लब अफ काठमाडौ अल्पाईनका प्रेसिडेन्ट तथा रसुवा पानीका सेल्स मार्केिटिंग चिफ लायन ध्रुब तारा  पोखरेलको पनि सक्रिय सहभागिता रहेको थियो ।नेपाल भ्रमण वर्षभरीनै रसुवा पानी  पर्यटकीय गन्तव्य, पर्यटकीय शहर र भ्रमण वर्षका लागि गरिने कार्यक्रममा निःशुल्क वितरण  गर्न लागेको पनि उनले जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।