बुढानिलकण्ठमा बन्ने बाल अस्पताललाई सांसद दिव्यमणि राजभण्डारी परिवारको सहयोग

बुढानिलकण्ठमा बन्ने बाल अस्पताललाई सांसद दिव्यमणि राजभण्डारी परिवारको सहयोग

कपन अनलाइन 

काठमाडौं ,मंसिर १८।

बुढानिलकण्ठ नगरपालिका निवासी सांसद दिब्यमणी राजभण्डारीको परिवारले खुल्ने तयारीमा रहेको गैरनाफामूलक बालअस्पताललाई  आर्थिक  सहयोग गरेको छ ।

राजभण्डारीको परिवारले डा. भगवान कोइरालाको नेतृत्वमा खुल्ने तयारीमा रहेको ‘काठमाडौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’लाई पाँचलाख सहयोग प्रदान गरेको हो ।

सांसद राजभण्डारीकी आमा टंक कुमारी राजभण्डारीको ८९ जन्मोत्सवका अवसरमा  आमाकै इच्छामा बालअस्पताललाई सहयोग गरिएको परिवार श्रोतले जानकारी दिएको छ  ।

काठमाडौं क्षेत्र नम्बर ४ मा रहेको बुढानिलकण्ठ नगरपालिका निवासी सांसद राजभण्डारीको निवासमै आमा टंक कुमारीले डा. भगवान कोइरालालाई चेक हस्तान्त्ररण गरेकी थिइन्  ।

सांसद भण्डारीका छोरा सिदार्थ मणि राजभण्डारीले संचालन गरेको एनसीइसी ग्रुपको तर्फबाट २ लाख र परिवारको तर्फबाट ३ लाख समेत गरि वाल अस्पताललाई ५ लाख उपलब्ध गराइएको हो ।

वालअस्पतालको तर्फबाट रकम ग्रहण गर्दै बरिष्ठ मुटु रोग बिशेषज्ञ तथा अस्पतालका अध्यक्ष भगवान कोइरालाले सहयोगी हातहरुलाई धन्यवाद दिंदै अस्पतालको सुरुवाती काममा यस रकमले सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । २०२२ सम्ममा गैरनाफामुलक गुणस्तरीय १०० सैयाको वालअपस्ताल काठमाडौमा बनाउने लक्ष्यका साथ डा. कोइराला र उनको टिम खटिरहेको छ ।फोटो सौजन्य :हाम्राकुरा

तपाइँको प्रतिक्रिया ।