पायोनियर पब्लिक स्कुलको नाम चम्काउदै कक्षा -९ कि छात्रा स्मारिका दाहाल

पायोनियर पब्लिक स्कुलको नाम चम्काउदै कक्षा -९ कि छात्रा स्मारिका दाहाल

कपनअनलाइन

बुढानिलकण्ठ,मंसिर १८ । 

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको  पायोनियर पव्लिक बिधालय कक्षा ९ मा अध्यनरत स्मारिका दाहाल एक अब्बल छात्रा हुन। 
बुढानिलकण्ड १२ कपन बसोवास गर्ने उनको स्थायी ठेगाना ओखलढुंगा  जिल्ला मोलुङ गाउँपालिका हो। बुवा  युवराज र आमा देवका दाहालकी   सुपुत्री दाहाल  बिं स २०६२/१०/१०/ जन्मिएकि हुन।
 वक्तृत्वकला, नृत्य ,ऊपन्यास, कथा, निबन्ध आदि कृति पढ्न रुचाउने  उनले  एमनेस्टी  अन्तर, बिध्यालय प्याब्सक अन्तर बिधालय वक्तृत्वकला प्रतियोगितामा प्रथम ,बु न पा १२ ले आयोजना गरेको वक्तृत्वकलामा सान्तवना , जिल्ला अन्तर खुल्ला बिधालय समिक्षात्मक प्रतियोगितामा प्रथम , स्थलगत कविता बाचन र लेखन प्रथम , निबन्ध प्रतियोगिता सान्त्वना ,कविता प्रतियोगिता प्रथम पुरस्कार हाशिल गरेकी छन । 
 परिवार , शिक्षक शिक्षिका , पायोनियर पव्लिक स्कुल आदिलाइ आफ्नो प्रेरणाको श्रोत माने दाहाल भबिष्यमा अध्ययन अध्यापनलाई जोड दिदै चार्टर एकाउनटेन बनेर समाज र राष्ट्रलाई उल्लेखनीय योगदान गर्ने बताउछिन । 
 
आफ्नो मेहनत , लगनशीलता , इच्छाशक्ति , घर परिवार गुरु गुरुआमाको सहयोग छोटो समयमा  चर्चा कमाउन  सकेको कुरा बताउने  उनी आफ्नै मेहनत ,लगनशीलताले सबै बिषयमा जोखेरबोल्ने गर्दछिन । 
आफ्ना गुरुहरु उनको इच्छा र तार्किक शक्तिले उनको भबिष्य प्रतिको सदैव साथ सहयोग दिने र  सकारात्मक कदम चालुन भन्ने कुरा  सुभेक्षा  बिधालयका प्रधानध्यापक राजन श्रेष्ठले बताएका छन। 
तपाइँको प्रतिक्रिया ।