जब बुढानिलकण्ठको एक कार्यक्रममा भावुक बने मोहन बैध “किरण”

जब बुढानिलकण्ठको एक कार्यक्रममा भावुक बने मोहन बैध “किरण”

कपन अनलाइन 

काठमाडौं ,मंसिर १८।

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन बैध “किरण” बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को एक कार्यक्रममा सहभागी बनेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा आयोजित प्रज्वल दाहालको श्रद्धाञ्जली सभा कार्यक्रममा सहबहगी हुनका लागि किरण बुढानिलकण्ठ आएका हुन् । किरण संगै सो कार्यक्रममा नेकपा क्रान्तिकारीका स्थायी कमिटि सदस्य हरिभक्त कडेल ,राम सिंह श्रीष ,पोलिटब्युरो सदस्यहरु दिनेश शर्मा ,पवनमान श्रेष्ठ ,राम आचार्य ,सुरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष हरिकृष्ण कार्कीको अध्यक्षतामा भएको सो श्रदान्जली सभामा भावुक बनेका किरणले २०३८ शालमा आफ्नो छोराको निधन भएको प्रसंग उप्काउदै सोहि समयमा गिरफ्तार भएको स्मरण गरेका थिए।

सो सभामा किरणले राजनीतिक भन्दा पनि व्यवहारिक र मृतकको पीडाले सिर्जना हुने परिस्थिति र परिवेशको वारेमा चर्चा गर्दै मृत्यु जहिले पनि हृदय विदारक हुने बताएका थिए ।

अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल ,,मृतक दाहालका पिता देव प्रसाद दाहाल ,माता केन्द्र कुमारी दाहाल ,अखिल क्रान्तिकारीकी प्रज्ञा फुयाल ,बिष्णु खडका लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन शिलु न्यौपानेले गरेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।