सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बुढानिलकण्ठको कर्मचारी आवस्यकता सम्बन्धि सुचना

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बुढानिलकण्ठको कर्मचारी आवस्यकता सम्बन्धि सुचना

कपन अनलाइन

काठमाडौं,माघ १७।

बुढानिलकण्ठ नगरपालिका अन्तरगत रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले एक सूचना जारी गरी मेडिकल अधिकृत/ जनस्वास्थ्य अधिकृत/ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट सेवाका लागि  करारमा कर्मचारी  माग गरेको छ ।

सूचना अनुसार यस बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा सुचना प्रकासित गरेको मितिले १५ दिन भित्र  रितपूर्वक दरखास्त दिनका लागि प्रकाशित गरिएको हो ।

आवेदनका साथमा व्यक्तिगत बिवरण ,नागरिकताको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाणपत्र र सम्वन्धित काउन्सिलमा दर्ता प्रमाणपत्रको प्रतिलिपिका साथ अनुभव सम्बन्धि प्रमाणपत्र  प्रतिलिपि राखी दरखास्त दिन सकिने बताएको छ ।

दरखास्त फारम बुढानिलकण्ठ नगरपालिकाको वेव साइट www.Budhanilkanthamun.gov.np बाट  डाउनलोड गर्न सकिने सुचनामा उल्लेख गरिएको छ ।

सो कार्यालयले मेडिकल अधिकृत ८ औ तह -२ जना ,जनस्वास्थ्य अधिकृत ७ औ तह -२ जना ,स्टाफ नर्स ५ औ तह १ जना र हेल्थ असिस्टेन्ट ५ औ तह १ जना का लागि बिज्ञापन गरेको छ।

आवेदन दिन चाहने १८ वर्ष पुरा गरेका र ४० वर्ष नकटेका  इच्छुक व्यक्तिले  रु ४०० तिरी नगरपालिकाको कार्यालय गोल्फुटार बाट फारम प्राप्त गर्न सक्नेछन ।

करार अवधि २०७५ असार मसान्त सम्म हुनेछ ।

केन्द्रले प्रकासित गरेको सुचना

तपाइँको प्रतिक्रिया ।