इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले हडर्सफिल्डलाई ३-० ले पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले हडर्सफिल्डलाई ३-० ले पराजित

कपन अनलाइन 

एजेन्सी, १७ माघ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार लिभरपुलले हडर्सफिल्डलाई ३-० ले पराजित गरेको छ ।फिलिपे कोउटिन्हो र ड्यानियल स्टरिजको प्रस्थानका बाबजुद कुनै खेलाडी भित्र्याउने प्रयास नगरेको लिभरपुलले सहज जित हात पार्यो । हडर्सफिल्डको घरेलु मैदानमा लिभरपुलले एम्रे च्यानको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा रोबर्टो फिर्मीनोले लिभरपुलको अग्रता दोब्बर पारे । उनले साडियो मानेको पासलाई सदुपयोग गर्दै लिभरपुललाई अगाडी बढाएका हुन् । दोस्रो हाफमा मोहमद सलाहले गोल गर्दै जित पक्का गरे ।

७७ अौं मिनेटमा फिलिप बिलिङले भ्यानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि लिभरपुलले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुलले चौंथो स्थानमा पकड बलियो बनाएको छ ।

तपाइँको प्रतिक्रिया ।