अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर ल्याउने

अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर ल्याउने

कपन अनलाइन 

काठमान्डौ, १७ माघ । पछिल्लो दुई वर्षयता फोटो शेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रतिस्पर्धी एप्स तथा वेबसाइटहरुमा भएका जस्तै विभिन्न खाले फिचर्स थप गरिसकेको छ । फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सुरुमा इन्स्टाग्राममा थिएनन् र पछिमात्र थप गरिएका हुन् ।

आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्रयोगकर्तालाई बढि भन्दा बढि सुविधा प्रदान गर्नका लागि इन्स्टाग्रामले छिटै नै भिडियो कलिंग फिचर ल्याउने तयारी गरिरहेको बताइएको छ ।

रिपोर्ट अनुसार इन्स्टाग्रामले भिडियो कलिंग फिचरमा काम गरिरहेको छ र अहिले यसको परीक्षण चलिरहेको छ । समाचार अनुसार पर्सनल च्याटका माध्यमबाट जब दुईजना प्रयोगकर्ता एक्टिभ हुन्छन् तब यस फिचरको प्रयोग गर्न सकिनेछ । केही महिना भित्रमा आइओएस र एन्ड्रोइड दुबै प्लाटफर्ममा यो उपलब्ध हुने बताइएको छ ।

यद्यपि इन्स्टाग्रामले पनि यो हल्लाको पुष्टि गरेको छैन र अन्दाज र अफवाहमाथि कुनै टिप्पणी नगर्ने बताएको छ।

फेसबुक स्वामित्वको इन्स्टाग्रामले हालै इन्स्टाग्राम स्टोरिजमा जिआइएफ सपोर्ट लञ्च गरेको थियो । प्रयोगकर्ताले इन्स्टाग्राममा ह्वाट्सएप र फेसबुकमा जस्तै डाटाबेसबाट जिआइएफ सर्च गर्न सक्दछन् ।

तपाइँको प्रतिक्रिया ।