काठमाडौ महानगरपालिका वडा नं १० का ४ वटा सार्वजनिक स्थानमा निशुल्क वाइफाइ सेवा शुरु
कपन अनलाइन
काठमाडौ,माघ १०।
काठमाडौं महानगरपालिकाको वडा नं १० का ४ वटा सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा शुरु भएको छ । वुधबार एक औपचारिक कार्यक्रममाझ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, छक्कुपक्कु मन्दिर (वानेश्वर पार्क), सानो गौचरन, थापागाउँ चोक र वुद्धनगर सेतो गणेश मन्दिर चोकमा निशुल्क वाइफाइ सेवा थालनीको थालनी गरेका छन ।
सोही समारोहमा प्रमुख शाक्यले सहभागिता मार्ग र रुद्र मार्गमा राखिएका १६ वटा सिसिटिभि क्यामराको पनि शुभारम्भ गरे ।
निशुल्क वाइफाई जडान भएका ठाउँमा पुग्ने सेवाग्राहीले मोवाइल खोलेर कनेक्ट गरेपछि पहिलो पटक सेवा लिन सक्छन् । यसरी कनेक्ट भइसकेपछि १ घण्टापछि सेवा निरन्तर गर्न अपडेट गर्नुपर्छ । एक ठाउँबाट १ पटकमा ५०० व्यक्तिले एकैपटक सेवा पाउने वडा अध्यक्ष राम कृष्ण केसीले बताएका छन ।
समाचार /तस्विर साभार :काठमाडौं अनलाइन (चन्द्रमणी भट्टराई )