विष्णुमती कोरिडोर निर्माणमा नव निर्वाचित सांसदहरुको चासो

विष्णुमती कोरिडोर निर्माणमा नव निर्वाचित सांसदहरुको चासो

कपन अनलाइन 

काठमाडौ,माघ ३ ।

काठमाडौं क्षेत्र नं ५ बाट नै निर्वाचित सांसद हरुले विष्णुमती कोरिडोर निर्माणमा चासो देखाएका छन । बाँसबारी स्थित के एफ सी फुड ल्याण्ड मा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा नव निर्वाचित सांसहरुले सो कोरिडोर निर्माणको कामले गति लिनु पर्ने र अव यसको उत्तरी सिमाना बुढानिलकण्ठ बाट पनि निर्माण सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका महा सचिव एबं काठमाडौं क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेल ,प्रदेस सभा सदस्यहरु नारायण सिलवाल र दीपक निरौला , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ,दुवै नगरपालिकाका उपप्रमुखहरु,यस कोरिडोर भित्र पर्ने टोखा र बुढानिलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु ,उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त दिपक श्रेष्ठ ,उच्च स्तरीय बागमती सभ्यता आयोजनका इन्जिनियर आशिष घिमिरे ,सडक डिभिजन २ का प्रमुख दिप कुमार तामांग र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभा क्षेत्रका सदस्य ईश्वर पोखरेलले आफ्नो क्षेत्र र काठमाडौको पश्चिम भागमा यातायातको सहज आवागमनका लागि यो कोरिडोर आवस्यक रहेको भन्दै निर्माणले गति लिनु पर्ने धारणा राखेका थिए ।

त्यस्तै  यो कोरिडोर निर्माण गर्नका लागि अहिले उपयुक्त समय भएको काठमाडौं क्षेत्र नं ५ प्रदेस २ का सदस्य दीपक निरौलाले बताए । यस क्षेत्रमा अहिले भौतिक संरचना निर्माण भै नसकेकोले मुवाब्जा र अन्य मप दण्ड कायम गर्न सजिलो हुने हुदा चाडै निर्माण गर्न पहल थाल्नु पर्ने उनको भनाइ रहेको थियो ।

यो कोरिडोर सडक मात्र नभएर यस क्षेत्रको विकासको मेरुदण्ड बन्ने प्रदेस सभा सदस्य नारायण सिलवालले बताए। यसको निर्माणमा सबै पक्ष सक्रिय भएर लाग्नु पर्ने उनको भनाइ थियो।

विष्णुमती कोरिडोर निर्माण पश्चात बुढानिलकण्ठ,टोखा र पश्चिम भेगका अन्य स्थानका वासिन्दाहरुलाई कलंकी ,बालाजु ,किर्तिपुर लगायतका स्थानको यात्रा गर्न निकै सहज हुने छ भने सहरको भित्रि भागमा हुने सवारी चाप कम गर्न पनि यस कोरिडोरले निकै सहयोग पुर्याउने देखिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।