निर्वाचन परिणाम पश्चात धेरै अफवाहहरू फैलिएका छन : साधुराम खड्का

निर्वाचन परिणाम पश्चात धेरै अफवाहहरू फैलिएका छन : साधुराम खड्का

कपन अनलाइन

काठमाडौ,माघ ३।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार बनेका  साधुराम खड्का संग निर्वाचन परिणाम र स्थानीय राजनीतिका विषयमा कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : निर्वाचन अभियानलाइ कसरी सम्झनु हुन्छ ?

साधुराम खड्का : निर्वाचन धेरै वर्ष पछी भएको थियो। बिशेष गरि यो संघियताको चुनाब प्रादेशिक संरचनाको चुनाब देशकै इतिहासमा पहिलो चोटी भएको थियो। अब यसलाई हेर्दा खेरि जसरि पहिला चुनाबमा हामि प्रतिष्पर्धा गरिरहेका थियौ तरिका त यही हो ।पहिला जसरि गरिन्थ्यो अहिले पनि त्यही नै हो।

तर पनि मनिसहरुको धारणा अलिकति फरक के मा मैले देखे भने प्रदेशमा पनि सरकार बन्ने र केन्द्रको पनि सरकार बन्ने भएको कारणले गर्दा खेरि कतिपय मानिसहरुको धारणा अलिकति आफ्नो  पार्टीलाई भन्दा पनि  दुवै पार्टीलाई भोट दिउ भन्ने पनि भयो।यो दौरानमा त्यो पनि मैले देखे ।

कपन अनलाइन : निर्वाचनको  अभियानलाइ कसरी  सम्झनु हुन्छ ?

साधुराम खड्का : अब यो स्वाभाविक कुरा हो। चुनाब राजनीति गर्ने मान्छे भएको कारणले गर्दा खेरि चुनाब आउने, जाने र चुनाबमा सहभागी हुने पहिलाको जस्तो थियो अहिले पनि त्यस्तै हो।

यसलाई बिसेष तरिका बाट सम्झिरहनु पर्छ जस्तो मलाई लाग्दैन तर पनि यो पटकको निर्वाचनको दौरानमा केहि अविस्मरणीय क्षणहरु पक्कै रह्यो ।

जस्तै बम घटना मैले त्यो घटना कल्पना पनि गरेको थिईन। त्यस्तो किसिमको घटनाको चुनाब प्रचारको क्रममा जाँदा हामि माथि जुन घटना भयो लोकतान्त्रिक परिपाटीमा लोकतान्त्रिक बिचारलाइ नै एउटा प्रतिस्पर्धाको आधार बनाएर हिंडेको राजनीतिक कार्यकर्ता हैसियत बाट मलाई त्यस्तो किसिमको क्रियाकलाप होला भन्ने लागेको थिएन ।

तर दुर्भाग्य बस त्यस्तो हुन गयो। जुन घटना बाट जुन साथीहरु घाइते हुनुभएको छ। अहिले सम्म पनि राम्रो संग स्वास्थ्यमा सुधार आइरहेको छैन । जीवनमा यो चुनाबको प्रचार प्रसारको क्रममा अविस्मरणीय घटना रह्यो र यस्तो घटना कहिले पनि कोहि माथि पनि नदोहोरियोस् भन्न चाहन्छु ।

कपन अनलाइन : निर्वाचनको परिचालन दौरानमा लोकतान्त्रिक गठबन्धनलाइ कसरी ब्यबस्थापन गर्नु भएको थियो?

साधुराम खड्का : हाम्रो जुन केन्द्र स्तरीयमा निर्वाचन परिचालन समिति थियो त्यसपछि आएर क्षेत्र स्तरमा पनि निर्वाचन परिचालन समितिहरु बनेको थियो र इकाई स्तरमा पनि हाम्रो निर्वाचन परिचालन समिति बनेको थियो।

सबै लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक धारमा जतिपनि पार्टीहरु आवद्धभएका थिए । त्यी पार्टीहरुको संयन्त्रले चुनाब प्रचार हाकेको थियो ।मुख्यतया यसमा नेपाली कांग्रेस कै मुख्य भूमिका रहेको थियो।

कपन अनलाइन : यस क्षेत्रको निर्वाचन परिणाम प्रति तपाइको धारणा के छ?

साधुराम खड्का : प्रदेश र केन्द्रको चुनाब एकै चोटी चुनाब भएको छ। यो निर्वाचनमा केन्द्रमा उठेको सांसद अध्यक्ष जस्तो र प्रदेशमा उठको  सांसद उपाध्यक्ष जस्तो भएको महसुस मलाई भयो  ।

उपाध्यक्षलाई मानिसहरुले  अलिकति केयर नगर्ने जस्तो देखियो।  यो निर्वाचन प्रदेश सभाको छुट्टै र प्रतिनिधि सभाको छुट्टै हुनुपर्थ्यो भने त्यो निर्वाचनको  परिणामहरु फरक आउथ्यो भन्ने मलाई लाग्छ।

एकै चोटी भएको कारणले पनि  सबैको प्राथमिकता प्रतिनिधि सभामा मात्र भएको जस्तो लाग्यो। अनि  प्रचारको क्रममा मिडियाहरुले पनि प्रदेशमा भन्दा प्रतिनिधि सभाको मै ध्यान बढी दिएको जस्तो लाग्यो ।

यदि यो चुनाब छुट्टाछुट्टै भएको भए सबैको ध्यान प्रदेश तर्फ पनि जान्थ्यो कि भन्ने मेरो बुझाई हो । यद्दपी  यो निर्वाचन परिणामलाई  जनताको निर्णयलाई इमान्दारीपुर्वक स्वीकार गर्नुपर्छ किनकी  यो खेलको नियम नै  हो ।

एउटा पक्षले हार्छ अर्को पक्षले जित्छ यसलाई ठुलो रुपमा लिनुपर्छ जस्तो मलाई लाग्दैन ।यो स्वभाविक प्रक्रिया हो । जनताले जसलाई चाहना गर्छन जसलाई इच्छा गर्छन उसैलाई भोट हाल्ने हो र उसैले जित्ने हो।

तर  हाम्रो साइड बाट हेर्दा खेरि अब जितेर गएको साथीहरुले जनताको भावना अनुसारको, जनताको इच्छा चाहना अनुसारको काम गर्नको लागि उहाहरु अझ बढी प्रेरित भएर काम गरुन र उहाहरुले जनताको चाहनाको कुठाराघात नगरुन भन्ने मैले चाहेको छु।

मैले पराजय भोगे पनि  आगामी ५ बर्षसम्म काठमाडौं क्षेत्र नं  ४ को  विकासमा कृयाशील  रहने छु । म त्यो पराजयबाट कत्तिपनि बिचलित नभैकन आफ्ना प्रतिबद्ता अनुसार यसै क्षेत्रका जनतासंग निरन्तर क्रियाशील रहने पनि छु ।

कपन अनलाइन : यस स्थानीय निर्वाचनमा एकाध वडा बाहेक धेरैमा नेपाली कांग्रेसले पराजय भोगेको थियो तर अहिले  प्रतिनिधि सभा  र प्रदेश क नेपाली कांग्रसले  जितेको छ यसलाइ  कसरी लिनुभएको छ ?

साधुराम खड्का :  ठुलो मार्जिनले जितेको छैन। प्रदेश ख मा प्रदेश ख अन्तर्गत रहेको नगरपालिका सबै वडाहरुमा कांग्रेसले हारेको छ। अब यसमा प्रदेश सभामा केहि वडाहरुमा धेरै सुधारिएको पनि देखियो भने केहि वडाहरुमा अझ बिग्रिएको पनि देखियो ।

त्यसले गर्दा समग्रमा हेर्दा खेरिमा परिणाम प्रति सन्तुष्ट नै छु किन भने अब हाम्रो संगठन जति हुनु पर्थ्यो।  त्यति भएको  छैन। जुन केन्दीय नीतिहरु थिए ति नीतिहरुको पनि केहि प्रभाब रह्योहोला ।चुनाबमा त्यसपछि आएर बाम गठबन्धन छ त्यो बामगठबन्धनको कारणले  गर्दा पनि उनीहरुको भोट एकीकृत भएको थियो।

बिगतको इतिहास हेर्ने हो भने र चुनाबको परिणामलाइ हेर्ने हो भने यदि यहाँ तीन वटै पार्टीहरु अलग अलग भनेर चुनाब लडेको अवस्था हुँदो हो भने त्यसमा छुट्टै किसिमको परिणाम पनि आउन सक्थ्यो।

जब स्थानीय निकायको परिणाम लाइ हेर्ने हो भने प्रदेश सभा क मा कांग्रेसको भोट धेरै बढेको छ। उनीहरु दुइजनाको भोट एकै ठाउमा राखेर हेर्दा खेरि परिणाम एकातर्फ गयो।

आगामी दिनमा हामीले यस्ता कुरा जनताको घर दैलोमा गएर जनताको चाहाना अनुसार अझ बढी काम गर्नुपर्ने आफुलाई अझ बढी सक्रिय बनाउनु पर्ने रुपमा मैले  यसलाई लिएको छु ।

कपन अनलाइन : यो केन्द्र र प्रदेश क जित्ने  तर  प्रदेश ख हार्ने अवस्था कसरि बन्यो जस्तो लाग्छ ?

साधुराम खड्का : अब  यसलाई पनि जनताको चहाना भनौ मैले कसैलाई आक्षेप लगाउने  कुरो पनि भएन। निर्वाचन परिणाम पश्चात यहाँ अफवाहहरु धेरै फैलिएका छन ।

अब चुनाबमा जाँदा खेरि धेरै किसिमका गठबन्धनहरु पनि हुन्छन तर त्यो भित्रि भएको गठबन्धनलाइ हामीले बाहिर सतहमा बोल्ने कुरा हुँदैन ।अब परिणामलाई जनताको चहाना अनुसारको भनेर हामीले स्वीकार गर्नुपर्छ।

अब एमालेमा जुन कुराहरु अहिले देखिएको छ। उनीहरुले चुनाबी समीक्षा गर्दा खेरि जुन कारणहरु उहाहरुले देखाइरहनु भएको छ। साच्चै  त्यो कारण हो भने हामी लोकतान्त्रिक परिपाटीमा स्वच्छ निर्वाचनको लागि  बिचारको आधारमा  अगाडी बढ्नुपर्ने हुन्छ।

म भोट हाल्नु पर्छ भन्ने बिचार लिएर अगाडी बढेको मान्छे । म त्यो भएको कारणले गर्दा कतै त्यस्तो किसिमको गठबन्धनले लोकतान्त्रिक परिपाटी लाइ नै अलिकति आघात पुर्याउछ कि भन्ने मेरो विचार हो ।

कपन अनलाइन :  यो निर्वाचन क्षेत्र नं ४ मा निर्वाचनको  बेलामा  नेपाली कांग्रेसले धेरै आर्थिक चलखेल गर्यो भन्ने हल्ला सुनिन्छ यसलाई कसरी लिनु  भएको छ ?

साधुराम खड्का : हेर्नुहोस अब मेरो तर्फ बाट  मैले त्यो चहाना कहिले पनि गरिन ।  तेस्तो चहाना नै राखिन । म त्यस प्रति बिस्वास पनि राख्दिन । त्यो अरुको कुरा मैले कसरी  भन्न सक्छु ।

कपन अनलाइन : अबको योजना के रहेको छ ?

साधुराम खड्का : अब पार्टी संगठनलाइ अगाडी बढाउने र हामीले निर्वाचनको बेलामा जुन बोलेका कुरा छन। जुन जनताहरु संग धेरै ठाउमा गएर आफ्नो धारणाहरु, बिकासको योजनाहरु त्यहाका जनताले चाहेका कुराहरु हामीले सकेको गर्छौ भनेर  बोलेका प्रतिबद्धताहरु पुरा  गर्नको लागि पर्छौ।

हुनत हाम्रो सरकार छैन प्रदेशमा पनि छैन केन्द्रमा पनि छैन ।कांग्रेसको मेजोरिटि नआएको हुनाले गठबन्धनले नै केन्द्रमा सरकार बनाउला त्यो हुँदा हुँदै पनि हामि आफ्नो तर्फ बाट जनताको चहाना अनुसार विकासको जुन उहाहरुले इच्छा आकांक्षा आफ्नो समस्या राख्नु भएको छ। त्यो समस्या समाधान गर्नको लागि म बिशेष रुपमा लाग्नेछु ।

कपन अनलाइन : अन्त्यमा केहि भन्नु हुन्छ ?

साधुराम खड्का : यो मेरो चुनाबको परिणाम आइसकेपछि यो मेरो पहिलो अन्तर्वार्ता भएको कारणले गर्दा खेरी बिशेष गरि तपाइको यो मेडिया कपन अनलाइन  काठमाडौँ निर्वाचन क्षेत्र नं ४ को प्रदेश ख अन्तर्गतको जनताले बढी हेर्नुहुन्छ र यस क्षेत्रमा लोकप्रिय पनि छ ।

म यसै मार्फत  बिजेता साथीहरुलाई बधाई र सफल कार्यकालको शुभकामना दिन चाहन्छु र अर्को मुख्य कुरा उहाहरुलाई जुन जनताले चाहेको बिकास निर्माण , जनताको इच्छा  आकांक्षा प्रति कुठाराघात हुने कुनै पनि काम नगर्न पनि अनुरोध गर्न चहान्छु।

यो क्षेत्रमा बम पनि पड्कियो, त्यस्तो आततायी बेलामा पनि त्यस्तो अवस्थामा पनि यहाका आदरणीय आमा बुवा दाजु दिदि भाइ  मतदाताहरुले उत्साह पुर्वक मतदान गरेर एउटा प्रजातान्त्रिक अभ्यास लोकतान्त्रिक परिपाटीलाई सहयोग पुर्याउने बाताबरण जुन बनाउनु भयो। आफ्नो अमुल्य मत प्रदान गर्नु भयो।उहाहरुको लागि म धेरै धेरै धन्याबाद पनि दिन चाहन्छु र मलाई भोट दिने र अरुलाई भोट दिने र चुनाबमा सहभागी हुने सबैलाई  बिशेष धन्यबाद दिन चाहान्छु ।

बम घटनाका घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना सहित त्यस्तो निन्दनीय घटना फेरी कोहि माथि पनि नदोहोरियोस् भन्न चाहन्छु।

तपाइँको प्रतिक्रिया ।