प्रथम एन प्याब्सन काठमाडौ जिल्ला स्तरिय खेलकुद सप्ताह सम्पन्न

प्रथम एन प्याब्सन काठमाडौ जिल्ला स्तरिय खेलकुद सप्ताह सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,माघ ३ ।

प्रथम एनप्याब्सन काठमाडौँ जिल्ला स्तरिय खेलकुद सप्ताहको समापन समारोह सिनामंगलमा रहेको ए जी एम स्कुलमा हिजो  समापन भएको थियो  ।

उक्त प्रथम एन प्याब्सन जिल्ला ब्यापी खेलकुद सप्ताह समापन कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सनका  केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा रहेका थिए । कार्यक्रमको सभाध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष बिष्णु पराजुलीले गरेका  थिए भने अतिथिहरुमा नेसनल प्याब्सन काठमाडौँ जिल्लाका पदाधिकारीहरु सहित सहभागी बिद्यालयका प्रतिनिधि र बिध्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

पौष २८ गते देखि संचालन भएको उक्त खेलकुद सप्ताहमा ५३ वटा बिद्यालयहरु  विभिन्न खेलहरुमा सहभागी भएका  थिए ।काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताहमा फुटबल, सट पुट, १०० मिटरदेखि ३०० मिटरसम्मको दौड साथै रिले दौड लगायतका खेलहरुमा विद्यार्थीहरुको प्रतिस्पर्धा भएको थियो । उक्त खेलकुद सप्ताहको विभिन्न खेल विधामा बिजयी भएका बिद्यार्थीहरुलाई प्रमुख अतिथिले पुरस्कारहरु वितरण गरेका थिए ।

फुटबल प्रतियोगितामा प्रथम क्यारियर  बिल्डिङ  इन्टरनेसनल एकेडेमी ,दितिया दिक्षान्त एकेडेमी,त्यस्तै गरि तृतीय स्थान सारदा एकेडेमी भएको थियो भने फेयर प्ले भीमेश्वर एकेडेमीले प्राप्त गरेको थियो। त्यस्तै गरि अन्य खेल विधामा मार्च पासमा प्रथम ए जि एम स्कुल ,दितिय ग्रीन फिल्ड ,तृतीय इलाइट को एड स्कुल भएको थियो। ,त्यस्तै गरि सय मिटर छात्रको दौडमा प्रथम श्री गणेश स्कुलका  बिर बल तामांग, दितिया न्यु डायमण्ड स्कुलका  कमल चौधरी र तृतीय दिक्षान्त एकेडेमीका कमल थापा मगर भएका थिए।

त्यसैगरी छात्रा तर्फको सय मिटर दौडमा प्रथम प्रोग्रेसिभ स्कुलकी दिपा सापकोटा ,दितिय न्यु डायमण्ड स्कुल की अश्मिता  लामा र तृतीय क्रिस्टल एकेडेमी की रीना श्रेष्ठ भएकी थिइन् ।

अर्को छात्र तर्फको रिले रेसमा  प्रथम स्थान दिक्षान्त एकेडेमी,दितिया अर्किड स्कुल  र तृतीय स्थान नेसनल आइडियल स्कुल भएको थियो भने छात्रा तर्फको रिले रेसमा प्रथम न्यु डायमण्ड स्कुल दितिया ए जी एम स्कुल र तृतीय क्रिस्टल एकेडेमी भएको थियो ।

अर्को छात्र तर्फको ३ हजार मिटरको रेसमा प्रथम दिक्षान्त एकेडेमीका सबिन श्रेठ भएका थिए ,दितिया अर्किड स्कुलका दिपेन्द्र खत्री भएका थिए भने तृतीय स्थान श्री गणेश स्कुलका नबिन कुमार कार्की भएका थिए ।

त्यस्तै गरि छात्रा तर्फको ३ हजार मिटरको रिले रेसमा प्रथम सारदा एकेडेमी की प्रीति राइ दितिया इलाइट को एड कि मनिषा राइ  र तृतीय ग्लोबल पब्लिक स्कुलकी  हिमानी थापा मगर भएको  एनप्याब्सन काठमाडौँका सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामाले कपन अनलाइनलाई बताए ।

बिजयी बिद्यार्थीहरुलाई ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका केन्द्रीय  अध्यक्ष ऋतु राज  सापकोटाले विजयी विद्यालर्थीहरुलाई बधाई एवं आयोजक संस्था एनप्याब्सन काठमार्डौका टिमलाई धन्यवाद दिएका थिए । कार्यक्रमका संयोजक खडक बस्नेतले खेलकुद सप्ताह भईरहदा भएका त्रुटिहरुलाई सच्याउदै आगामी  दिनहरुमा थप व्यबस्थित गर्दै लैजाने र विजयी विद्यार्थीहरुलाई बधाई समेत दिएका थिए । कार्यक्रम संचालन  काठमाडौँ  एन प्याब्सन सचिव रुद्रमणि सुबेदीले  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।