मैले बुझेको राजनीति
कपन अनलाइन
काठमाडौ,पौष २४ /विचार /सुवाष न्यौपाने
२०६२ सालमा सायद कक्षा ९ मा पढ्दा कोही कसैले कुरा गरेको सुनेको थिएँ, अब राजाले पूरै सत्ता हातमा लिए निरङ्कुश शासन शुरू हुने भयो। जनताका अधिकार र सुरक्षाको केही महत्व हुनेछैन अब। पछि २०६२-६३ को आन्दोलन सुरू भयो र कयौँ शहिद भए।
त्यो समयबाट नेपाली राजनितिमा थोरै चासो बढेको थियो मेरो। तर राजनितिमा सङ्गठित भएर लाग्ने कुनै रहर चाहीँ जागेन। मेरो बुझाइको राजनिति कुनै दल अथवा गुटको अन्धभक्त हुनु होइन । मैले बुझेको राजनीतिमा आफु लागेको दलको ठीक कुराको सँधै प्रशंसा गर्नुपर्छ र गलत कुराको सँधै खण्डन गर्न सक्नुपर्दछ ।
दलको मूल सिद्धान्त, राजनैतिक धारणा र कार्यशैली जानेर त्यसको अनुयायी हुनु एक सक्षम र शिक्षित व्यक्तित्वको गुण हो । यो नै एक सबल र प्रबल राजनेता बन्ने शूत्रधार हो । कोही कुनै यस्ता नेताहरू देखापर्न थालेका छन् मेरो बुझाइमा।
मेरो बुझाइको राजनितिमा देशलाई उज्यालो चम्किलो घाम पनि चाहिन्छ, गर्मीमा शितलता दिने रूख पनि चाहिन्छ, परिस्रम गरी खान कुटो कोदालो हँसिया पनि चाहिन्छ। मेरो बुझाइको राजनितिमा देशलाई वि पि र त्रिभुवन, गणेशमान अनि मनमोहन,देउवा, ओलीर प्रचण्ड सबै चाहिन्छ।
देश सरकारले चलाउछ। सरकारको गठन राजनैतिक बाटो बाटै हुने हो। हामी राजनितिबाट टाढा रहनु पर्छ भन्ने मेरो आसय होइन।म युवा साथीहरूलाई यति अनुरोध गर्न चाहन्छु की सबै मिले मात्रै देश बन्छ तब त नेपालीको शान रहन्छ। अरूको नराम्रो मात्र औँलाउनु हुन्न।आफूले पनि राम्रो काम गरेर देखाउन सक्नु पर्दछ । यो पनि बिस॔नु हुन्न की राम्रो र नराम्रो दुवै कर्म को मुल्याङ्कन भइरहेको हुन्छ।
आखिर बाटो जे जस्तो फरक भए पनि, विचार जे जस्तो भिन्न भए पनि उद्देश्य त देश विकास नै हो नि।
अब हामी सबै युवा एकजुट भएर आफ्नो टोल, गाउँ, नगर, सहर र सिङ्गो नेपाललाई सम्बृद्ध र समुन्नत बनाउन लाग्नुपद॔छ। सुन्दर नेपालको निमाण॔को अभिभारा अब हाम्रो काँधमा छ।त्यसैले सबै युवाको एक मत मुद्दा देश विकास हुनु पर्छ।