५ वर्ष भित्रमा गर्छौं भनेका कामहरु अवस्य पुरा गर्नेछौ :रमा राई (उपप्रमुख ,बुढानिलकण्ठ नगरपालिका )

५ वर्ष भित्रमा गर्छौं भनेका कामहरु अवस्य पुरा गर्नेछौ :रमा राई (उपप्रमुख ,बुढानिलकण्ठ नगरपालिका )

कपन अनलाइन

काठमाडौ,पौष १२

यो सामग्रीमा हामीले स्थानीय तहको निर्वाचन बाट निर्वाचित विभिन्न नगरपालिकाका उप प्रमुखहरुको व्यवहारिक र प्रशासनिक जिम्मेवारीमा आउने कठिनाइ राम्रा नराम्रा पक्षहरुमा केन्द्रित रहेर कुराकानी गरेका छौ । यो सामग्रीमा हामी बुढानिलकण्ठ  नगरपालिकाका उपप्रमुख रमा राई  संग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ ।

कपन अनलाइन : तपाइको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

रमा राई :मेरो जन्म खोटांग जिल्ला को सिमपानी गाबिस बर्लेभाटेश्वरा मा बुवा धनप्रसाद राइ र माता बिष्णु कुमारी राइ बाट २०१० साल मंगसिर महिनामा जन्मिएको हु।

मेरो प्रारम्भिक शिक्षा कक्षा ६ सम्म गाउकै कृष्ण प्राथमिक बिद्यालय बाट भयो।त्यो भन्दा माथिल्लो कक्षा पढ्न खोटांग जिल्ला बाट भोजपुर जिल्लामा लगेर राखियो । सबै माध्यमिक बिद्यालयका कक्षाहरु भोजपुर विद्योदय  माध्यमिक बिद्यालय बाट गरे। मैले २०२५ सालमा एस ए ल सी पास गरे। उच्च शिक्षाको लागि मैले आइ ए सम्म भोजपुरमै अध्ययन गरि स्नातक धरान महेन्द्र क्याम्पस बाट गरे।

मेरो बुवा पनि राजनीतिक पृष्ठभूमिमा जिल्लामा हुनुहुन्थ्यो र उहाले एउटा सिमपानी माध्यमिक  बिद्यालय खोल्नु भयो गाउमा र म त्यसपछि शिक्षण गर्न लागे।

मलाई त्यो स्कुलमा शिक्षण गर्नु पर्छ भनेर बुवाले भन्नु भयो । त्यतिखेर नियुक्ति दिंदा खेरि १२० रुपैया तलब पाउने गरि अस्थाई नियुक्ति दिइएको थियो। त्यसपछि  काम गर्दै जाँदा त्यसको २ /३ वर्ष पछि खोटांग जिल्लाले मलाई इन सर्भिस बि.एड पढ्न जाने कोटामा खोटांग दिक्तेल बाट काठमाडौँ गएर शिक्षा बिषयमा तालिम लिने अवसर मिल्यो ।

त्यहा बाट बिएड पास गरे।त्यसपछि म सिधै स्थायी भए ।त्यतिखेर जांच दिने प्रथा पनि थिएन इन्टरभ्युको भरमा मलाई स्थाई गरियो । सिमपानी माध्यमिक बिद्यालय खोटांग मै नियुक्ति भए । त्यसपछि केहि वर्ष काम गरेर म काठमाडौँ आए।  मैले सरुवा को प्रोसेस गरेको थिए सरुवा भएन। त्यसपछि मा बेतलबी बिदामा काठमाडौँ आए।

आए पछि बस्दै जाँदा खेरि सरुवाको प्रोसेस नभएपछी मैले राजीनामा दिए। त्यस पछि मैले काठमाडौँकै बोर्डिंग स्कुल तिर काम गर्न थाले ।बोर्डिंग  स्कुलमा  काम कसरि गरे भन्दा म सरुवाको प्रोसेसमा जिल्ला शिक्षा कार्यलय काठमाडौमा हुँदा यहाँ ज्ञानेश्वरमा सहिद स्मारक बोर्डिंगस्कुल थियो। त्यतिबेला गौरी राणा स्कुल स्वीकृत गर्न जिल्ला शिक्षा कार्यालयमा आएकी थिइन् उहा संग मेरो भेट भयो।

उहाले शिक्षा पढाउने हाइ स्कुलमा कोहि छैन भनेर जिल्ला शिक्षा अधिकारि संग कुरा गर्दा उहाले मलाई देखाईदिनु भयो र मैले त्यहा ७ वर्ष काम गरे।

त्यस पछि २०५० सालमा धोबी धारामा स्नो एपेक्स एकेडेमी भनेर १५ जना बिद्यार्थी भएको  स्कुल स्थापना गरे ।त्यसपछि म ज्ञानेश्वर बस्दा बस्दै मैले कपन तिर बस्ने निधो गरे।  कपन आएर कपन नारायण चोक भन्दा अलि पर कुमारी थान निर एउटा माउन्ट एभरेष्ट स्कुलरहेछ प्राथमिक तहको त्यो स्कुल  संचालन गर्न थाले निकै वर्ष संचालन गरे ।

कपन अनलाइन: राजनीतिमा कसरी आउनु भयो ?

रमा राई :मेरो परिवार नै राजनीतिक पृष्ठभूमिको थियो। बुवा पनि मेरो बुवालाई २०२३ सालमा राजा महेन्द्रले भुमि सुधार अधिकारीको रुपमा नियुक्ति गरेका थिए ।त्यसपछि उहा जिल्लामा सक्रिय रहेर राजनीति गर्नु भयो र मेरो दाइ काठमाडौमा पढ्नु हुन्थ्यो ।

त्यहा पढ्दा उहा बामपन्थी लाइनको मान्छे अनि हामीलाई राम्रो राम्रो चिल्लो चिल्लो मावोत्सेचुंगको पठाईदिनु हुन्थ्यो। लुकाएर पढ भन्नु हुन्थ्यो त्यसरी हामी लुकाएर पढ्ने गर्थ्यौ दाइ पनि बामपन्थीमै हुनुहुन्थ्यो।

कम्युनिष्टहरु त्यतिखेर अनि ठ्याकै ३२ सालमा संबिधान संसोधन भयो त्यो हुँदा हाम्रो खोटांग जिल्लामा माननीयको एउटा सिट थियो ।दुइ वटा सिट भयो त्यै सिलसिलामा मेरो बुवा काठमाडौँ आउनुभएको थियो ।अनि न्युरोडमा पिपल बोट नजिकको लजमा बस्नु भएको थियो त्यहि मेरो बुवालाई मारियो।

त्यसपछि मेरो दाइ कम्युनिष्ट विचार धाराको भएपनि बुवा खसे पछि त्यतिखेर राष्ट्रिय पंचायतको  चुनाब आएको थियो । लौ उठ बाउ बिति जानु भयो सहानुभूति पनि हुन्छ भनेर दाइलाइ सबैले उठाए।

अनि उहाले पनि फ्याट्टै जिति पनि हाल्नु भयो।यसरी नै हाम्रो पारिबारिक पृष्ठभुमि राजिनिती तर्फ आकर्षित भएको थियो। म पहिला ज्ञानेश्वरमा बस्दा पनि बामपन्थी विचार धारा बाट नै अगाडी बढेको थिए।

मेरो श्रीमान त २०२१ साल देखि नकाठमाडौँमा बसेको उहा पहिले देखि नै बामपन्थीमै लाग्नु भएको थियो। मैले २०५५ सालमा कपनमा आए र २०६८ सालमा एमालेको सदस्यता लिएको थिए।

कपन अनलाइन : घर परिवार र कार्यालय जनताको काम गर्न समय व्यवस्थापनको कत्तिको चुनौती छ ?

रमा राई  :नेपालले समय व्यवस्थापन परिस्थितिले निर्माण गर्ने रहेछ ।घर परिवार र कार्यलयमा जनताको काम गर्न समय ब्यबस्थापनको एकदमै चुनौती रहेको छ।

किनभने हामी महिला पनि भएर होला  मैले शैक्षिक क्षेत्रमा लाग्दा लाग्दै  आफ्नो ४ जना बच्चाहरुलाई आफैले पढाएर बोर्डिंग स्कुलमा राम्रो शिक्षा दिए ।

अहिले चारै जना बाहिर बसेका छन् ।एक प्रकारको बाध्यतानै भनुम नेपालमा अवसरको कमीले गर्दा मेरा चारै जना छोराछोरी अहिले बाहिर बिदेशमा छन् ।

अहिले हामी दुइ जना मात्र छौ। उहापनि जागिर बाट रिटायर्ड हुनु  भएको छ। अहिले दुइजना  मात्र भए पनि समयमा नै सबै आफ्नो काम आफै गर्ने गर्छौ। हामी र नगरपालिकाको कामहरुलाई  निरन्तरता दिनै पर्छ,समय दिनैपर्छ भन्ने लाग्छ र त्यहि अनुसार गरिरहेकी छु  ।

कपन अनलाइन : कार्यसम्पादनको शिलशिलमा आग्रह, पूर्वाग्रह र दवाव कत्तिको सामना गर्नु परेको छ ?

रमा राई  : कहिले काही यस्तो आउने रहेछ  तर जनताको आवस्यकता अनुसार काम गरिरहेको ले अहिले सम्मको अवधिमा कुनै किसिमको दवाव कार्यकर्ता वा कुनै स्थानीय बाट आएको छैन तर कार्यसम्पादन ढिलो भएको गुनासो भने कहिले काँही सुन्नु परेको छ ।

कपन अनलाइन : बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुखको आफ्नै विशेष पहलमा कुनै काम सुरु गर्नु भएको छ ?

रमा राई  : न्याय सम्पादनको क्षेत्रमा,महिला हक अधिकार र विकास निर्माणको क्षेत्रमा विशेष काम गर्ने योजना रहेको छ। कानुनी र नियमित काम बाहेक निर्वाचनको क्रममा घोषणा गरेका अन्य काम सम्पन्न गर्न प्रमुख र वडा अध्यक्षहरु संगै निरन्तर लाग्ने र न्याय सम्पादनको कार्य पनि इजलास राखेर नियमित संचालन गर्ने योजना रहेको छ।

न्यायिक समिति मेरो  संयोजकमा गठन  भएको छ। हामीलाई अहिले न्यायिक समितिलाई बजेटहरु पनि अहिले नछुट्याईए पनि हामीमा धेरै मुद्दाहरु आइरहेको छ ।ति मुद्दाहरुमा हामी निरन्तर लागिरहेका छौ र अहिले अधिकार त दियो  संबिधानमा नै आइसक्यो।

कार्यविधि पनि आइसक्यो तर पनि कताकता काम गर्न अलिकति सहज नभएको अनुभूति गरिरहेको छु किन भने हामीले धेरै नियम कानुनहरु बनाउनु पर्ने हुन्छ। हामीले एउटा सहायक सम्म नियुक्ति गर्ने अधिकार रहेनछ।जस्तो हामीले सल्लहाकार मात्र नियुक्त गरेका छौ। र अहिले सम्म अझै नियम कानुनहरु बनाउननै बाँकी रहेको छ।यस क्रममा अहिले सम्म केहि बहु विवाह  बाल बिवाह ,सम्बन्ध बिच्छेदका आपसमा अगाडी बढेका मुद्दा ,महिलाहरुका विभिन्न समस्याहरुलाई अगाडी बढाएका छौ।

महिला लक्षित कार्यक्रमहरु पनि अघि बढिरहेका छन् ।योजना अनुगमनको संयोजक भइरहदा खेरि धेरै योजनाहरु संचालन भइरहेका छन् त्यसको अनुगमन हामीले गरिरहेका छौ ।आगामी दिनमा आय आर्जनको कामलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ।

कपन अनलाइन: अहिले सम्मको सफलतामा कसको मुख्य योगदान रहेको छ ?

रमा राई : आफ्नो अहिले सम्मको सफलतामा आफ्नो घर परिवारको मुख्य योगदान रहेको छ।  आफुलाई हरेक पाइलमा आफ्नो घर परिवार बिशेष गरि श्रीमानको  साथ र सहयोग रहेको छ जसले गर्दा मात्रै आफु यो स्थान सम्म पुग्न सफल भएको छु। घरको मानिसले अलिकति टेवा र भरोसा नदिने हो भने बाहिर निस्कन नेपाली नारीहरुलाइ चुनौती नै छ। यसको श्रेय मेरो श्रीमान नै हो ।

कपन अनलाइन : अन्त्यमा नगरबासीलाई के भन्न चाहनु हुन्छ ?

रमा राई :नगरबासीहरुलाइ हामीले जुन निर्वाचनको बेलामा समयमा भने गरेका हामीले  प्रतिबद्द गरेका  कुराहरु पुर्याउन सकेका छैनौ ।अवस्य पनि हामीलाइ धेरै कठिनाइहरु थियो ।अब बिस्तारै त्यो काममा जाँदै छौ यहाहरु धैर्य गरेर सहयोग गर्दिनुहोला।५वर्ष भित्रमा गर्छौ भनेका काम हरु अवस्य पुरा गर्नेछौ ।

तपाइँको प्रतिक्रिया ।