भारतीय रुपैयाँ सहित पक्राउ

भारतीय रुपैयाँ सहित पक्राउ

कपन अनलाइन

मोरङ, पौष १२ ।

कटहरी गाउँपालिका–३ बस्ने ३८ बर्षीय कोजुम मियालाई प्रहरीले स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ १ लाख सहित पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१५ स्थित भंसार कार्यालयको २ नम्बर ढाटमा मंगलबार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका मियालाई शंका लागि चेक गर्दा स्रोत नखुलेको ५ सय र २ हजार दरका उक्त भारतीय रुपैयाँ बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।