लोलीपोप : सुरेन्द्र कुमार पाण्डे (लघुकथा)

लोलीपोप : सुरेन्द्र कुमार पाण्डे (लघुकथा)

कपन अनलाइन

काठमाडौं, साउन २४।

“ध्रमेन्दर के भयो ? आज धेरै खुसि छस् !” मिनुले आश्चार्य हुंदै सोधे ।
“हजुरलाई थाहा छैन र ?” ध्रमेन्दरले प्रतिप्रश्न ग¥यो ।
“भला मलाई केथाहा तेरो खुसिको बारेमा !” उनले अनभिज्ञ जताउंदै भने ।
“कस्तो अचम्भको कुरा हो सारा देशलाई थाहा हुंदा पनि हजुर कुन कुनामा बस्नु भाको रहेछ दाई थाहा नपाउने !” ध्रमेन्दर ब्यङ्ग्यात्मक सैलिमा बोल्यो ।
“खै त मैले त बुझ्नै सकिन भन् न त केको खुसि हो ?” उनि खुसिको खबर सुन्न उत्सुक्ता जाहेर गर्दै भने ।
“सुन्नुहोस् ! पेट्रोल बीश रू सस्तो भयो,डिजल तीश रू सस्तो भयो, हवाई इञ्धन् चालिस रू सस्तो भयो । अनि ग्यास त प्रति सिलेण्डर एक सय रू सस्तो भयो । होइन यो खुसिको खबर ?” ध्रमेन्दरले बिवरण सहित प्रश्न थप्यो ।
“ऊफ ! मत के भयो भनेको त हिंजोको खबरले पो यसलाई यतिका प्रभाव पारेको रहेछ ।” मिनुले आफ्नै निदारमा हत्थकेलो प्याट पार्दै भने ।
“होर यो हिंजोको खबर थियो ? हिंजकै भयपनि खुसिकै त हो नी ।” ध्रमेन्दरले केही सोंचेको झैं ग¥यो र भन्यो ।
“यो त सरकारले जनताको आँखामा छारो हाल्न दिएको लोलीपोप मात्र हो । धेरै लुटेर थोरै फिर्ता दिएको ।” मिनुले ध्रमेन्दर तिर हेरेर खिसिक्क हांसे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।