पार्टीको झण्डा र पर्चा बोक्न रहर गर्ने युवा सृजनशील काममा किन उपस्थित हुदैनन्? (पाठक चौतारी )

पार्टीको झण्डा र पर्चा बोक्न रहर गर्ने युवा सृजनशील काममा किन उपस्थित हुदैनन्? (पाठक चौतारी )

कपन अनलाइन 

काठमाडौ,पौष १२।

मलाई धेरै दु:ख लाग्छ कुनै कुनै कुरामा, युवाको सहभागीता र सकि्यता जहाँ हुनुपर्ने  त्यहाँ निकै कम जमात देखिन्छ।पार्टीको झण्डा र पर्चा  बोक्न ठुलै लहर लाग्छ।

सन्दर्भ हो  बूढानिलकण्ठ असर सर्भे  योजना जसमा थोरै सहभागीता देखियो।

पौष ११ गते बिहान ११ बजे बाल उद्दार मा वि मा भएको भेलामा बूढानिलकण्ठ १०, ११ र १२ बाट जम्मा १५ जनाको उपस्थिति साच्चै नै सोच्न बाध्य बनाउछ मलाई, सरोकारवालालाई र अन्य युवा साथीहरूलाई।

असर सर्भे  पश्चात बूढानिलकण्ठ नगरपालिकाको शिक्षा क्षेत्रमा आएको २ करोड ५० लाख कहाँ  कसरी कुन योजनाका साथ उपयोग गर्न  सकिन्छ भन्ने हेतुले गरीएको यस भेलामा म पनि थिए  र खुशी लाग्छ म कुनै पाटी॔को भेलामा थिइन।

म आफ्नो टोलको विकाशको निम्ति तयार गरीएको योजनाको छलफलमा थिएँ। असर कुनै संस्था नभई शिक्षाको अवश्था र गुणस्तर पत्ता लगाई वृदि गर्न गर्नुपर्ने  आघारहरू तयार पार्ने एउटा विधि रहेछ।

हाल कुनै विषयमा थेसीस गर्दै गर्नुभएको बालुवाटार बस्नु हुने एक जना लगभग ३७-३८ वर्षीय म्याडम्को सहभागीता देखेर म निकै खुशी अनि अचम्मित थिएँ। हुन त आफ्नो गाउँ ठाउँको विकासमा लाग्न कुनै कुराले पनि छेक्न सक्दैन केवल चाहिन्छ त आँफूमा विश्वास र दृढता। तै पनि म उहाँको जाँगर र सहभागीताको प्रसंशा  नगरी बस्न सक्दिन।

त्यस्तै थुपै् साथीहरू हुनुहुन्थ्यो बालाजु, जावलाखेल र विभिन्न ठाउँबाट यस नगरको विकासका लागि सर्भे योजनामा लाग्छु भनेर आउनु हुने। छलफल मार्फत  कम उपस्थिति हुनुको कारण घेरै फेला परे जस्तै- मूख्य चाहीॅ सूचना गन॔ भनेर जिम्मेवारी दिइएको व्यक्तिको लापरवाही।

फेरि जोड्न चाहेँ- बूढानिलकण्ठ असर सर्भे योजनाको आज (पौष १२) को भेलामा ३५ भन्दा धेरै जनाको उपस्थितिले के जनाउँछ भने यदी सूचना सम्प्रेषण  सही समयमा र सही ढङ्ले गरीयो भने कुनै काय॔कम असफल हुँदैन। धन्यवाद आज उपस्थित सबै साथीहरूलाई।

सुवाष न्यौपाने

बुनपा -१२

तपाइँको प्रतिक्रिया ।