'सफा-सुग्घर र स्वच्छ कपन' कार्यक्रम संचालित

कपन अनलाइनकपन गाविसमा वातावरण र फोहरमैला व्यवस्थापनका लागि जनचेतना फैलाउने हेतुले गाविसस्तरीय एक समिति निर्माण भएको छ । कपन गाविसमा वातावरण र फोहरमैला व्यवस्थापन समिति नामको यस समितिले ‘सफासुग्घर र स्वच्छ कपन’ नाराका साथ कपन गाविसहरु विभिन्न कार्यक्रम गर्नेछ । यस कार्यक्रम अन्तर्गत खुल्ला दिशापिसाव मुक्त कपन र प्लाष्टिक झोला प्रतिबन्धित क्षेत्र बनाउन अभियान संचालन गरिनेछ । यसका लागि नागरिक वडा मञ्च, विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुलाई समेटेर प्रचारप्रसार गर्ने कार्य सुरु भएको छ ।
यसैक्रममा गत जेठ ४ गते शनिवार यसै कार्यक्रम अन्तर्गत व्यानर प्लेकार्डसहित सरसफाई कायृक्रम आयोजना गरियो । सरसफाई कार्यक्रममा जनसहभागितालाई मूख्या ध्यान दिइएको कार्यक्रम स्थानीय सहभागिता उल्लेख्य रहेको थियो । कार्यक्रम अन्तर्गत विभिन्न वडा तथा टोलहरु सफासुग्घर बनाउँदै ह्याण्डबल मैदानमा पुगेर विसर्जन गरिएको थियो ।
कपन गाविसको पहलमा निर्माण गरिएको यस समितिको संयोजक भूमिका अशोकराज पाण्डे रहेका छन् भने विद्या सुवेदी ज्ञवाली, डेण्डी शेर्पा, राज खानसहित सबै वडाका नागरिक वडा मञ्च सदस्य रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।