तिलौराकोट कपिलवस्तु सम्पदा उत्सव हुने

तिलौराकोट कपिलवस्तु सम्पदा उत्सव हुने

कपन अनलाइन 

कपिलवस्तु, ४ फागुन । कपिलवस्तुका बौद्ध सम्पदास्थल तथा पुरातात्विकस्थलको महत्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले तिलौराकोट कपिलवस्तु सम्पदा उत्सव यही फागुन ११ गते आयोजना गरिने भएको छ ।

पुरातत्व विभागलगायत संस्थाको आयोजनामा तिलौराकोट कपिलवस्तु उत्खननस्थल तथा त्यस आसपास क्षेत्रमा गरिने उत्सवमा त्यहाँ भएका पुरातात्विक वस्तु तथा स्थलबारे गरिएका खोज–अनुसन्धान स्थानीयवासीलाई जानकारी गराइनेछ ।

स्थानीय उत्पादन तथा संस्कृतिलाई समेत प्रदर्शन गरिने उक्त कार्यक्रममा ती सम्पदास्थलको संरक्षणमा पे्ररित गरी उनीहरुलाई अपनत्वको भावना विकास गराउने लक्ष्य राखिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

पुरातत्वविद् कोशप्रसाद आचार्यले पुरातात्विकस्थलको संरक्षण तथा व्यावसायिकताबाट प्राप्त हुने आम्दानीले स्थानीयवासीलाई लाभान्वित गराउनुपर्नेमा जोड दिए ।

बौद्ध सम्पदास्थल लगायतका पुरातात्विक क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य विकास गरी पर्यटक आकर्षण गराउन सकेमा अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । पुरातत्वस्थलमा कपिलवस्तु क्षेत्र सबैभन्दा धनी मानिने पनि जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।