पुर्व सभासद हकको घाटी रेटेर हत्या:स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध

4aa8aa200a893304bf8ca6c0bde55778पुर्व सभासद सदरुल मिया हकको गएराति हत्या भएको छ । हकको सप्तरीको कल्याणपुर गाविस २ विसनपुर स्थीत निवासमा घाँटी रेटेर विभित्स हत्या गरिएको हो । घर बाट नजिकै रहेको आफ्नै हुमा आयल ट्रेडर्समा राति सुत्न आएका उनि आज बिहान घाँटी काटेर हत्या गरिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ । सप्तरीको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्वार भइ उहाँ संविधानसभामा निर्वाचित हुनुभएको थियो । राजनीतिक वा व्यवसायिक रिसिइवी कारण हत्या हुन सक्ने प्रहरिले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान थालिएको र हत्या छिट्टै पक्राउ पर्ने प्रहरिले दाबी गरेको छ । घटनापछि आक्रोशि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

रासस

तपाइँको प्रतिक्रिया ।