चेन्नाई आई पि एलको फाईनलमा

जेठ ०८/6b3e85947d68ab5b8fec91f09725c3c1आई पि एल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई ईन्डीयन्सलाई ४८ रनको फराकिलो अन्तरले हराउदै चेन्नाई सुपर किंग्स फाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा १ सय ९३ रनको चुनौति पछ्याएको मुम्बई जम्मा १८ दशमलव ४ ओभरमा अल आउट हुदै १ सय ४४ रन मात्रै जोड्न सक्यो ।
मुम्बई सूरुवाती व्याट्म्यानले केहि स्कोर खडा गरेपनि अन्त्य तिर भने खेलाडीहरुले क्रिजलाई तताउन सकेनन् । मुम्बईका लागी ड्योन स्मीथले २८ बलमा ६८ रनको स्कोर खडा गरेपनि अन्य व्याट्म्यान चल्न नसक्दा खेल चेन्नाईले जितेको हो । मुम्बईका चार जना व्याट्म्यान शुन्य रनमै आउट भएका थिए । त्यसअघि डेल्हीको फिरोज शाह कोटलामा सुरुमा टस जितेर ब्याटिङ्ग गरेको चेन्नाईले निर्धारित २० ओभरमा मात्र १ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

दुई पटकको विजेता चेन्नाईको लागि माइकल हसीले २ छक्का, १० चौकाको मद्दतले ५८ बलमा अविजित ८६ रन बनाए भने सुरेश रैनाले पनि अविजित हुदै ५ छक्का, ५ चौकाको मद्दतले मात्र ४२ बलमा ८२ रनको विस्फोटक पारी खेले । सुरुवाती ब्याट्सम्यान मुरली विजय भने २० बलमा २३ रन बनाएर किरोन पोलार्डको बलमा ड्वायन स्मिथ द्धार क्याच आउट भएका थिए। चेन्नाई यो संगै आई पि एलमा पाँचौ पटक फाईनलमा पुगेको हो । अब दोस्रो क्वालीफायरमा बिहिवार राजस्थान र हैदरावद भिड्ने छन् ,। यि दुई बिचको विजेताले आज हार व्यहोर्न बाध्य मुम्मई संग खेल्ने छ । ति दुई बिचको खेलबाट विजयी हुनेले फाईनलमा चेन्नाईको सामाना गर्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया ।