प्रतिभाशाली झरना

प्रतिभाशाली झरना

कपन अनलाइन

काठमाडौं ,असार २६ ।
हुने विरुवाको चिल्लो पात भनेझैं झरना अधिकारी एक प्रतिभाशाली विद्यार्थी थिईन । विद्यालयमा पढाई बाहेक अतिरिक्त कृयाकलापमा पनि त्यत्तिकै चासो राख्ने अधिकारीले पढाईका अतिरिक्त कविता निवन्ध लेख्ने, भित्तेपात्रो निकाल्न पनि उनले निकै मेहनत गर्ने विद्यार्थी थिइन । तर विडम्बना, विद्यालय जीवन अर्थात कक्षा १० मा उनको जीवनमा नमिठो घटना घटेसँगै उनमा साहसी एवं निडर बन्न प्रेरणा पनि मिल्यो ।

उक्त प्रेरणाबाट साईन्स पढ्न सक्ने उनको खुवीलाई एकाएक पत्रकारीतामा ढाल्न वाध्य भईन । जब उनको झुकाव पत्रकारितामा बढ्न थाल्यो तब उनी तालिम दिन गाउँगाउँसम्म पुग्ने र महिलाहरुलाई आत्मरक्षाको तालिमका साथै विशेषगरी महिला पत्रकारलाई सधै प्रोत्साहन गर्ने काम तल्लिन हुन थालिन । जुन कामबाट उनका पछिल्ला पुस्ताले ‘प्रेरणाको स्रोत’ भन्दै सम्मान गर्नेको संख्या अधिक रहेको छ ।
यसरी सबैले दिदी भन्ने र हरेक कृयाकलापमा झरनाको आवश्यकता महसुस हुन थाल्यो ।

अर्को शब्दमा भन्नुपर्दा जहाँ ठूलाठूला इभेन्ट त्यहाँ झरनाको अनिवार्य उपस्थिति हुन्थ्यो । सायद यही कारण उनको उत्साह बढोत्तरी मात्र भएन, सो उत्साहालाई व्यवहारमा ढाल्दै गएका कारण आज पत्रकारिता तथा सामाजिक क्षेत्रमा प्रतिभााशाली झरना बन्न सफल भएकी छन् ।
जहाँ ईच्छा, त्यहाँ उपाय’, भन्ने यो उद्गार झरना अधिकारीको जीवनमा ठ्याक्कै मेल खाएको छ । अर्थात उनको लगनशिलता कारण यो भनाई उनकै लागि भनिएको पो हो कि भन्ने भान भएको छ ।

‘सधैँ सकारात्मक सोच लिए निरन्तर कोसिस गर्ने हो भने कुनैपनि व्यक्तिले सफलताको शिखर चुम्न कुनै अप्ठेरो हुँदैन भन्ने कुरा उनको व्यवहारबाट सिक्न सकिन्छ ।
अध्ययन र कामको शिलशिलामा हाल अमेरिकामा रहेकी झरना अधिकारीले व्यस्तताका बाबजुद पनि राजनीति र पत्रकारिता सकृय हुँदै आएकी छन् । सुविधा सम्पन्न देशमा बस्ने व्यक्ति रमझममा रमाउने गरेका छन् । तर त्यहाँ उनी त्यत्तिकै बसेकी छैनन्, उनी नेपाललाई माया गर्ने र विशेषगरी महिला सम्बन्धि २ वटा पुस्तक पुस्तक तयार पार्न तल्लिन छन् । उनको यो व्यवहारले पत्रकारिता तथा लेखन विधाप्रतिको मोह कति रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
यही कुरा निरन्तर आफ्नो जीवनमा उतार्न सफल भएकै कारण आज उनी सफल पत्रकार, सामाजिक अभियान्ता र राजनैतिक यात्रामा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको कुरा पत्रकारिता,सामाजिक अधियान्ता र राजनैतिक वृत्तमा संलग्न हरेक व्यक्तिले उनले गरेका कृयाकलापप्रति सकारात्मक टिकाटिप्पणी गरेको कुराबाट के बुझ्न सकिन्छ भने उनी साँच्चिकै प्रतिभाशाली भएको कुरा प्रष्ट हुन्छ ।
स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी झरनाले मिडिया प्वाइन्ट भन्ने संस्थाबाट एकवर्षको तालिम समेत लिएर नेपाली पत्रकारिताको इतिहासमा विशेषगरी नारी विधामा कलम चलाउने महिला पत्रकार मध्ये एक हुन् झरना अधिकारी ।

त्यतिमात्रै हैन, पत्रकारिता गर्ने दौरानमा उनी नेपाल पत्रकार महाँसंघ कान्तिपुर शाखाको सदस्य र नेपाल पत्रकार महाँसंघको केन्द्रीय सभासद समेत निर्वाचित भएकी झरना एउटी नारी भएर पनि फरक दृष्टिकोण तथा प्रस्तुतिका कारण लोकप्रिय पनि थिईन ।
कर्म गर फलको आशा नगर भन्ने भनाईलाई सर्लक्क व्यवहारमा उतार्न सक्ने उनको खुवीलाई उच्च मूल्यांकन गर्दै विशेषगरी शिक्षा, बजार, सौधर्य, फेसन,समाजसेवा, राजनैतिक, लगायतको क्षेत्रमा कलम चलाएकी झरनालाई विभिन्न संघ/ संस्थाले गरेको सम्मान गरेका थिए ।

त्यतिमात्रै हैन, सौधर्य नारी सम्मानबाट २०७३ बाट सम्माननित भएकी उनले मिस नेपाल, मिस मारबाडी, मिस नेवा, मास्टर किट्स मिस इपान मेकअप कम्पिटिसन, डिजाइनर कन्टेष्टको निर्णायकको पनि भूमिका निभाएकी थिईन । विभिन्न ब्राण्डको प्रमोशन एवं बजारीकरणमा सहयोग गरेको गरेको अनुभव पनि उनले हासिल गरेकी छन् ।

त्यसका अलावा निकै फेशनएवल कपडामा चिटिक्क परेर हिड्न मन पराउने झरनाले आयोजक बनेर विभिन्न इभेन्टको समेत आयोजना गरेकी थिईन । सायद उनको यही सकृयता र गरेका कृयाकलापको उच्च मुल्यांकन गर्दै सूचना तथा सञ्चार मन्त्रालय, ओमेन एक्ट संस्था, नेपाल प्रेस युनियन, सञ्चारिका समूह, नारी म्यागेजिन, नेपाल उद्योग बाणिज्य संघ चितवनबाट सम्मान हात पार्न सफल भएकी थिईन ।

यस्ती सफल छोरीलाई जन्म दिने आमा जानकी अधिकारीको नजरमा कस्ती छन् त झरना ?

प्रश्न : झरनाको बालापनको बारेमा केही बताईदिनुस न ?

जानकी अधिकारी :कहिल्यै गाली गर्नु परेन, सारै ज्ञानी, पढ्नमा ट्यालेन्ट, उस्लाई होमवर्क गर भनेर कहिल्यै भन्नु परेन । आफ्नो काम आफै गर्नुपर्छ भन्ने हेक्का सानैदेखि थियो । र सोही अनुसार उस्ले आफ्नो कर्तव्य पुरा गर्दै अघि बढ्ने उस्को यही बानीले झरना यति परिचित हुन सफल भएकी हो भन्ने लाग्छ ।
प्रश्न : स्कुल जीवनमा कहिल्यै ठूलो स्वरले हप्काएको र पिटेको सम्झना छ ?
जानकी अधिकारी :अहँ, मैले मात्र हैन, बाबाले पनि हप्काउने काम गर्नुपरेन भन्दै जीवनमा जम्मा एक पटक ज्वरोको औषधि खान नमानेपछि एकपटक पिटेको जस्तो गरेको छु । साँच्चिकै दुख्नेगरी कहिल्यै पिट्नु परेन, किन कि उ समझदार थिई र कर्तव्यपरायण पनि थिई ।
प्रश्न : झरनालाई डक्टर बनाउने चाहाना पुरा नभएपछि अलिकति खिन्नता थियो रे हो त ?
जानकी अधिकारी :त्यसबेला म अलिकति खिन्न भएकै हो । एकदमै ट्यालेन्ट छोरी जो डक्टर बन्न सजिलै सक्थि, त्यै भएर उसलाई जसरी भएपनि डक्टर बनाएरै छोड्ने मेरो चाहना थियो ।

तर उसले त्यो कुरा नमानेपछि मेरो खिन्नता पनि हराउँदै गयो, अहिले डक्टर बनेकै जस्तो गर्भ लागिरहेको छ ।
तपाईको त्यो चाहना पुरा नभएप्रति अहिले कुनै गुनासो छ कि ? विल्कुलै छैन, उस्ले पत्रकारितामा एकदमै प्रगति गरेकि छे, दुनियाँ सन्सार चिनेकी छे, नाम कमाएकी छे, म अहिले उस्को प्रगति देखेर एकदमै खुसी छ । शुरुशुरुमा धनीमान्छे भन्दापनि असल मान्छे बन्नुपर्छ भन्ने मान्यता राख्दै आएको हाम्रो परिवारको चाहना झरनाल पुरा गरेकोप्रति गौरव लागिरहेको छ ।
प्रश्न :  झरनाको पेशादेखि खुसी भएको कुनै दिन छ तपाईको जीवनमा ?
जानकी अधिकारी :किन नहुनु अवश्य पनि छ । आफ्नो सन्तानले प्रगति गरेको कुन बाबा आमालाई मन पर्दैन र ? मलाई कायाकैरन रेडियोमा समाचार भन्दै गरेको उस्को स्वर सुनेको दिन एकदमै खुसी लागेको थियो, त्यो दिनको अझै सम्झना छ । र त्यो बेलादेखि खुसी भएको मेरो मन आजका दिनसम्म पनि खुसी नै खुसी छ ।

तपाइँको प्रतिक्रिया ।