प्रतिनिधिसभा र प्रदेश सभामा कहाँ कति क्षेत्र ?
काठमाडौँ, ३२ साउन- प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सम्पन्न नगरेपछि निर्वाचन मिति घोषणा पछि सरेको हो ।
निर्वाचन आयोगले मंसिर पहिलो साता प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न भदौको पहिलो साता मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो । क्षेत्र निर्धारण आयोगले २१ दिनको कार्यावधिमा काम सम्पन्न नगरेपछि सरकारले थप १५ दिन म्याद थपेको छ ।
तराईमा थप गरेका २२ स्थानीय तहबारे काम गर्नुपर्ने भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थपेको हो । थपिएका स्थानीय तहको संख्याले आयोगलाई काम गर्न समस्या नहुने आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।
आयोगका छलफलमा रहेका निर्वाचन क्षेत्र
प्रतिनिधिसभाका लागि कहाँ कति क्षेत्र ?
प्रदेश नम्बर १ : २८
प्रदेश नम्बर २ : ३२
प्रदेश नम्बर ३ : ३३
प्रदेश नम्बर ४ : १८
प्रदेश नम्बर ५ : २६
प्रदेश नम्बर ६ : १२
प्रदेश नम्बर ७ : १६
जम्मा : १६५
प्रदेश सभाका लागि कहाँ कति क्षेत्र ?
प्रदेश नम्बर १ : ५६
प्रदेश नम्बर २ : ६४
प्रदेश नम्बर ३ : ६६
प्रदेश नम्बर ४ : ३६
प्रदेश नम्बर ५ : ५२
प्रदेश नम्बर ६ : २४
प्रदेश नम्बर ७ : ३२
जम्मा : ३३०
आयोगले चाडै क्षेत्र निर्धारण नगर्दा अहिले अन्यौल को अवस्था सिर्जना भएको छ ।