किर्तिपुर नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

किर्तिपुर नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन ३२ ।

किर्तिपुर नगरपालिका वडा नं १ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,सुधार ,मर्मत र निर्माण गर्दै वडाका सबै गाउँ टोलमा सहज आवागमनको व्यवस्था गरी वडालाई नमुना वडा बनाउने मुख्य योजना रहेको वडा नं १ का अध्यक्ष हर्ष महर्जनले बताए ।

यस्ता मुख्य तथा सहायक सडकहरुमा अमृत नगर देखी मैत्री नगर सम्मको जिर्ण सडक मर्मत गरी कालोपत्र गर्ने, हिमालयन कलेज रहेको बाटोको ट्र्याक खोल्ने ,रोज गार्डेन बाट निस्कने बाटो फराकिलो बनाउने ,अमृतनगर मुख्य सडक हिमालयन कलेज देखी मैत्रीनगर जोड्ने सडक कालोपत्र गर्ने ,खसीबजार पुलिस बिट देखी उकालो रमिते मार्ग हुँदै सिधै पश्चिम् मुल ठाडो ढलान बाटो सम्मको बाटो कालोपत्र गर्ने ,अजिमा चोक पुर्ब तर्फ ट्यङ्लाफाट् मुल सडक जाने बाटो कालोपत्रे गर्ने ,ट्याङ्लाफाट हुदै सीता पेट्रोल पम्प जाने बाटोमा ढल निकासको मेनहोलमा ढकन राख्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं १ भित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने अर्को महत्वपूर्ण योजना वडा नं १ ले बनाएको छ । यसमा गल्छे महादेव मन्दिर पोखरी तथा ढुङेधारा संरक्षण गर्ने, किर्तिपुर बाट कलन्की जाने पुल मर्मत गर्ने र इच्छाराज तामाङको घर अगाडिको साथै वडामा रहेको अन्य सार्वजनिक जग्गा संरक्षण गर्ने योजना बनाएको अध्यक्ष महर्जनले बताए ।

वडा नं १ को खानेपानीको समस्या समाधानका लागी बाघ भैरब हिटि गा:मा खेर गइरहेको पानी ब्यबस्थित गरि खानेपानी योजना निर्माण गर्ने तथा वडाका अन्य स्थानमा रहेका खानेपानीका मुहान,धारा र श्रोतहरुको संरक्षण र प्रयोग गर्ने योजना वडा नं १ को रहेको छ ।

वडा नं १ को पार्श्वचित्र निर्माण गर्नुका साथै सामुदायीक भवन ,ग्यालरी स्थापना गर्ने , बाघ भैरब मन्दिर पछाडी रहेको बाल उद्यानलाई थप ब्यबस्थापन गर्ने ,बाघभैरब मन्दिर उक्लने ठाउँको ढोका निर्माण गर्ने ,ह्वाकचा स्थित चोक निर्माण गर्ने ,सार्बजनिक सम्पदा संरक्षण गरी इटाछे क्वा:चो सम्म पर्यटन क्षेत्र घोषणा गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने योजना बनाएको वडा नं १ ले बालवालिकाहरुलाइ संगीत प्रशिक्षण तथा जेष्ठ नागरिकहरुलाइ अबलोकन भ्रमण सहित सम्मान गर्ने योजना वडा नं १ ले बनाएको छ ।त्यस्तै लायकू स्थित शिशु स्याहार केन्द्रमा भौतिक पुर्बाधार निर्माण र भवनको पूर्ब तर्फको पर्खाल निर्माण गर्ने योजना पनि वडा नं १ ले बनाएको छ ।

वडा नं १ का धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र सुधार गर्ने योजना बनाएको छ जसमा बाघ भैरब , देब पोखरी , लायकू दरबार ,लगायत अन्य ऐतिहासिक सांस्कृतिक सम्पदा ढुङेधाराको मर्मत गरी संरक्षण गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ शिपमुलक र आयमुलक तालिम संचालन गर्ने योजनामा रहेको वडा नं १ ले वडाको शैक्षिक क्षेत्रको विकासका लागी सरोकारवाला पक्ष संग समन्वय गरी योजना निर्माण गर्ने जनाएको छ ।

किर्तिपुर नगरपालिका वडा नं १ मा अध्यक्ष महर्जनको साथमा सुमन पोख्रेल , धनबहादुर महर्जन र  सुनिता महर्जन जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।