किर्तिपुर नगरपालिका वडा नं २ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन ३२।
किर्तिपुर नगरपालिका वडा नं २ को खानेपानीको समस्या समाधानका लागी खानेपानीको पाइप नभएको ठाउमा पाइप ब्यबस्था गर्ने ,पानी नपुगेको ठाउमा पानी पुरयाउन प्रयास गर्ने ,वडामा भएका ऐतिहासिक ढुङेधारा र कुवा पँधेरा मर्मत गरी संरक्षण गर्ने मुख्य योजना रहेको वडा नं २ का अध्यक्ष रमेशमान डंगोलले बताए ।
वडा नं २ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार,विस्तार र निर्माण अर्को योजना रहेको अध्यक्ष डंगोलले बताए । यस्ता सडकहरुमा मैत्रीनगर बाट किर्तिपुर रिङरोड जोड्ने काम पूरा गर्ने ,बल्खु खोला करिडोर बाटो खोल्ने ,राजकुलो बासुस्मृती मार्ग ग्राबेल गर्ने ,देब ढोका माक्वाचा बाटो ग्राबेल गर्ने , बासुस्मृती मैत्रीनगरको ओम बस्ती जोड्ने बाटो ढलान गर्ने ,वडाका अन्य गोरेटो बाटो आवश्यकता हेरि मोटरेबल बनाउने र अन्य सहायक मार्गहरु स्थानीय संग छलफल गरी आवश्यकता अनुसार स्तरुन्नती गर्ने योजना वडा नं २ ले बनाएको छ ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता अशक्त जेष्ठ नागरिकलाई बैंकको प्रतिनिधि मार्फत घरमै पुर्याउने, जेष्ठ नागरिकलाई सम्मान गर्ने , जेष्ठ नागरिक भएर पनि कागजी प्रक्रिया नपुगेका जेष्ठ नागरिकलाई सहजीकरण गरी परिचय पत्र बितरण गर्ने योजना रहेको अध्यक्ष डंगोलले बताए ।
वडा नं २ का धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने योजना वडाले बनाएको छ जसमा ऐतिहासिक उमा महेश्वर मन्दिर, दुबुझो गणेश मन्दिर इन्द्रायणी मन्दिर ,सरस्वतीथान ,बसुन्धरा माँ मन्दिर ,इशानेश्वोर मन्दिर लगायत अन्य ऐतिहासिक पाटीपौवा जिर्णोद्धार र मर्मत गर्ने योजना रहेको अध्यक्ष डंगोलले बताए ।त्यस्तै ऐतिहासिक उमा महेश्वोर मन्दिर परिसरमा सिसिटिभी जडान गर्ने र वडामा सौर्य बत्ती जडान गर्ने योजना पनि वडा नं २ ले बनाएको छ ।
वडा नं २ मा स्वस्थ्य सेवा अन्तर्गत प्रेसरका बिरामी र डायबेटिजका रोगीलाई निशुल्क औषधी बितरन गर्ने र बेला बेलामा स्वस्थ्य शिबिर संचालन गर्ने योजना बनाएको अध्यक्ष डंगोलले बताए ।
वडा नं २ का सार्वजनिक जग्गाहरु संरक्षण र अभिलेखीकरण गर्ने र बाल उधान र हरित पार्क बनाउने र खाली ठाउमा बृक्ष्यारोपण गर्नुका साथै पर्यटकिय स्थलमा सार्वजनिक सौचालय बनाउने योजना रहेको अध्यक्ष डंगोलले बताए ।
वडा नं २ का युवाहरुको सृजनशीलता र रचनात्मक गतिविधिको विकासका लागी स्थानीय क्लव हर संग समन्वय गरी कार्यक्रम बनाउने योजना बनाएको वडाले महिला लक्षित कार्यक्रम तर्फ शिपमुलक र आयमुलक तालिम संचालन गर्ने अध्यक्ष डंगोलले बताए ।
किर्तिपुर नगरपालिका वडा नं २ मा अध्यक्ष डंगोलका साथमा सजिता महर्जन, धुर्वप्रसाद अधिकारी ,नवीन महर्जन र मनकुमारी बिक जनप्रतिनिधि रहेका छन ।