चन्द्रागिरी नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २९ ।

चन्द्रागिरी नगरपालिका वडा नं ५ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,मर्मत ,सुधार र निर्माण गरी वडाका सबै स्थानमा सहज आवागमनको व्यवस्था गर्दै वडा लाई नमुना वडा बनाउने मुख्य योजना रहेको अध्यक्ष कान्छाभाइ महर्जन (अनिरुद्र)ले बताए ।

वडा नं ५ का मुख्य तथा सहायक सडक हरुमा दुरसचार बाट कालिका मन्दिर भइ आकास टोल जाने बाटो निर्माण ,बाणस्थलि अच्युत कार्कीको घर देखी अच्युत रानामगरको घर सम्म जाने बाटो निर्माण ,भैरब मार्ग बाट रामशरण कार्कीको घर सम्म बाटो मर्मत सुधार ,राधाकृष्ण मन्दिर जाने ठाडो बाटो र बिष्णु भण्डारीको घर देखी सरस्वती दहालको घर सम्म बाटो निर्माण गर्ने ,त्यस्तै राधाकृष्ण मन्दिर ठाडो बाटो हुदै दिलिप थापाको घर बाट नबराज बिष्ट को घर सम्म बाटो मर्मत गर्ने, १० नम्बर पुल बाट सहायक मोटर बाटो ब्रीक सोलिङ गर्ने ,गुर्जुधारा सुर्य बहादुर महर्जनको घर बाट रामकृष्ण श्रेष्ठको घर सम्म ब्रीक सोलिङ गर्ने ,कालिका पिठ बाट सुमन को घर हुँदै ६नं वडाको सिमाना सम्म ग्राबेल गर्ने ,कोयना गणेश खोला नियन्त्रणको लागि रेटेनिङ बाल लगाउने ,आकासटोल दलित बस्ती खोला नियन्त्रण गर्ने अध्यक्ष महर्जनले बताए ।

 

वडा नं ५ को खानेपानीको समस्या समाधानका लागी लाकुरी धारा र प्रल्हाद बहादुर कार्कीको घर अगाडि पानी पधेरो संरक्षण मर्मत  गर्नुका साथै लाछी टोल पोखरी संरक्षण गर्ने र उचित स्थान हेरी दिर्घकालिन आयोजना निर्माण गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ५ का सार्वजनिक जग्गाहरुको अभिलेख राख्ने ,सिमांकन गर्ने र उचित स्थानमा भौतिक संरचना निर्माण गर्ने योजना वडा नं ५ ले बनाएको छ । यसका साथै पौराणिक किसिमको किसिपिडी प्रवेश द्वार उत्तर र दक्षिण गरीदुईवटा बनाउने योजनामा वडा नं ५ रहेको छ । किसिपिडि गाउँलाई चन्द्रागिरी नगरपालिकाको पर्यटकिय एतिहासिक पौराणिक शहरको रुपमा बिकास गर्ने अध्यक्ष महर्जनले बताए । त्यस्तै आकाशेटोल चिहान संरक्षण ब्याडमिन्टन कोर्ट कबर्ड हल बनाउने योजना पनि वडा नं ५ ले बनाएको छ ।

वडामा सहज स्वास्थ्य सेवाको लागी गाउघर क्लिनिक भबन ब्यबस्थित गर्ने र बालमैत्री स्थानीय शासन तथा बाल क्लब गठन गरी वालवालिका हरुको विकासमा कार्य गर्ने योजना वडाले बनाएको छ ।

वडा नं ५ को पायक पर्ने र आवस्यक स्थानमा सार्बजनिक सौचालय निर्माण गर्ने र सडक बत्ती जडान गर्नुका साथै वडा कार्यलय ब्यबस्थित गरि सेवाग्राहीलाई मुस्कान सहितको छिटोछरितो सेवा दिने अध्यक्ष महर्जनले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ आयआर्जन र सीपमुलक  तालिम संचालन गर्ने र एकल महिलाहरुको लागी पनि छुटै योजना निर्माण गर्ने अध्यक्ष महर्जनले बताए।

जेष्ठ नागरीकलाई सम्मान गर्नेको सामाजिक सुरक्षा भत्ता अशक्तलाइ घर घरमै पुर्याउने योजना रहेको वडाले बतायो । यसका साथै शैक्षिक गुणस्तर सुधारको लागि वडाले आवश्यक पहल गर्ने र टोल सरसफाइ साथै ढल ब्य्बस्थित गर्ने अध्यक्ष महर्जनले बताए।

अध्यक्ष महर्जनका साथमा चम्फे नेपाली ,तुलसी महर्जनर र  शुशिला रानामगर जनप्रतिनिधि रहेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।