विवादको भूमरीमा बुढानिलकण्ठ एमाले

विवादको भूमरीमा बुढानिलकण्ठ एमाले

कपन अनलाइन

काठमाडौ,साउन २९।

नेकपा एमाले बुढानिलकण्ठ अहिले  विवादको भुमरीमा फसेको छ । बैठक ,भेला ,कार्यक्रम हुदै सो विवाद अहिले सामाजिक संजालमा समेत पोखिन थालेको छ । पछिल्लो समय सामाजिक संजालमा खुलेर नै एमाले नेताहरु असन्तुस्टी पोखीरहेका छन ।

यो विवादको सृजना एमाले केन्द्रिय कमिटीले क्षेत्रीय कमिटिलाई स्थगित गरी सबै पदाधिकारी र सदस्यहरुलाइ नगरको पदेन सदस्य बनाएपछी सुरु भएको हो ।एमाले केन्द्रले क्षेत्रीय कमिटिका पदाधिकारी स्वत नगर कमिटिको सचिवालय सदस्य हुने सर्कुलर जारी गरेको जसमा  काठमाडौ जिल्ला कमिटिले पुर्व नगर कमिटि सचिवलाई पनि सचिवालयमा थप्नु पर्ने गरी अर्को सर्कुलर जारी गरेपछि कुन लाई मान्यता दिने भन्नेमा विवाद सृजना भएको एक एमाले नेताले बताए ।

त्यो विवाद बढ्दै गए पछि अहिले सम्म नगर सचिवालयको बैठक नबसेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्दा पनि कुनै औपचारिक बैठकमा छलफल नभएको एमाले नगरका एक असन्तुस्ट सदस्यले कपन अनलाइनलाई बताए । पार्टीका कुनै पनि निर्णय र संस्थागत प्रणालीमा सहभागिता नगराएको उनको आरोप थियो ।

पार्टीमा कुनै किसिमको विवाद नरहेको र  यो केवल आरोप मात्र भएको नगरका एक पदाधिकारीले बताए । उहाहरुले विना कारण विवाद गरिरहनु भएको छ पार्टीका हरेक गतिविधिमा उहाहरुलाई सम्बोधन र सहभागिता गराएको उनको दावी थियो ।

एक अर्कालाई  आन्तरिक बैठकमा आरोप प्रत्यारोप गर्दै आएका एमाले बुढानिलकण्ठका नेताहरुको यो असन्तुस्टी अहिले सामाजिक संजालमा समेत देखिन थालेको छ ।

यो विवादको अर्को शृंखला स्थानीय तहको निर्वाचनमा भएको टिकट प्रकरण हो जसमा अन्तिम समयमा उद्दव खरेलले टिकट प्राप्त गरेर निर्वाचित समेत भैसकेका छन । यो टिकटको दौडमा रहेका क्षेत्र नं ४ का अध्यक्ष कुसुम कुमार कार्की अन्तिम समयमा दौडबाट बाहिरिएका  थिए । यो टिकटको दौडमा पूर्णविराम लगाउन हालका नगर कमिटिका जिम्मेवार नेता र जिल्ला कमिटिका नेताहरु लागेको आरोप कार्की पक्षधर सदस्यहरुले लगाउदै आएका छन ।टिकटको सिफारिस गर्दा काठमाडौं जिल्ला कमिटीले उद्दव खरेल र मिठाराम अधिकारीको नाम मात्र  प्रदेस कमिटीमा पठाएको थियो ।

अहिले त्यो विवाद फरक फरक रुपमा एमाले बुढानिलकण्ठमा देखिदै आएको छ । “यो कुनै प्रक्रियागत विवाद हैन यो विचारको संघर्ष हो त्यो भन्दा गहिरिएर भन्दा पार्टी भित्रको गुट र समुहको अस्तित्व रक्षाको लडाई हो र यसले दुवै पक्षलाई हित गर्ने देखिदैन “ यो घटनाक्रमलाई नजिक वाट हेरिरहेका एक एमाले निकट बुद्धिजीवीले कपन अनलाइनलाई बताए ।बुढानिलकण्ठ एमालेमा  निरौला केपी वली र कार्की माधव नेपाल पक्षको नेतृत्व गर्दै आएका छन ।पहिलो क्षेत्रीय अधिवेसनमा वली पक्ष बाट जितेका कार्की दोश्रो अधिवेसनमा नेपाल पक्ष बाट चुनाव लडेर विजयी बनेका थिए ।

यस विषयमा एमाले जिल्ला कमिटि सदस्य तथा नगर कमिटिका संयोजक दिपक निरौलालाई प्रश्न गर्दा यस वारेमा कुनै टिप्पणी नगर्ने बताए । अर्का जिल्ला कमिटिका सदस्य विदुर विक्रम खड्काले सामाजिक संजाल बाट नै आफ्नो धारणा ब्यक्त गरेका छन भने यस नगरपालिका बाट प्रदेस कमिटीमा प्रतिनिधित्व गर्ने सुन्दर पुर्कुटी र हेमनाथ पौडेल आआफ्नो समुहमा  आन्तरिक रुपमा सक्रिय भए पनि बाहिर मौन छन । उनीहरुको यो मौनतालाई प्रदेस निर्वाचन केन्द्रित रहेर बनाएको रणनीतिको रुपमा बुझिएको छ ।

समकालीन नेताहरुको बाहुल्यता रहेको बुढानिलकण्ठ नगरपालिकामा प्रदेसको चुनावी दौड रोचक हुने अनुमान गर्न सकिन्छ ।पछिलो चरणको विवाद पनि त्यतै केन्द्रित हुन् थालेको छ जसको पछिलो कडी स्वरूप कार्कीले क्षेत्रीय कमिटिको बैठक बोलाई सचिवालय र प्रदेस निर्वाचनको वारेमा छलफल गरेका छन भने यो बैठकलाई मान्यता नदिने सार्वजनिक अभिव्यक्ति बुढानिलकण्ठ एमालेका केहि नेताहरुले दिदै आएका छन ।

नेकपा एमाले बुढानिलकण्ठ भित्र को यो विवाद  क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आएपछी केहि हद सम्म समाधान हुने देखिन्छ । बाहिर हेर्दा   हेर्दा  यो केवल व्यक्तिगत टकराव र प्रणालीगत त्रुटी जस्तो देखिए पनि  यो विवादको पछाडी एमालेमा रहेको समुहगत स्वार्थ र संघर्ष नै रहेको टिप्पणी एमाले पंक्ति भित्र चल्दै आएको एक जनप्रतिनिधिले बताए । “यो विवादले हाम्रो कार्य सम्पादनमा असर गरिरहेको छ ,एक पक्ष गर भन्छ अर्को नगर भन्छ हामीले कुन मान्ने ?” उनले कपन अनलाइन संग समस्या पोखे । हाम्रो अवस्था साढेको जुधाई बाच्छाको मिचाई जस्तो भएको छ उनले थपे ।

स्थानीय तहमा भएको अप्रत्यासित विजय बाट उत्साहित बनेको एमालेमा यस विवादले निरासा छाउदै गएको जनप्रतिनिधिले गुनासो गर्न थालेका छन ।यसको समाधानमा सांसद डा . राजन भट्टराई, काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई  र नगर प्रमुख उद्दव खरेलले प्राथमिकता नदिनुलाई आश्चर्यजनक मौनताको रुपमा बुढानिलकण्ठ एमालेमा टिप्पणी हुन थालेको छ ।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।