उठौ, जागौं र लागौ वाढी पिडितको उद्धार र राहातमा

उठौ, जागौं र लागौ वाढी पिडितको उद्धार र राहातमा

कपन अनलाइन /विचार/प्रकाश अधिकारी

हाम्रो भौगोलिक संरचना अनि हामीले विकास गरेको भौगोलिक संरचना प्रतिकुलको विकास निर्माणले वर्षै पिछे हामी माथी नै धावा वोलीरहेको हुन्छ । मात्रामा फरक भएपनि हरेक वर्ष हामी प्राकृतिक विपत्तकिो शिकार भईरहेका छौं ।

२०७२ को भुकम्प होस अथवा अहिलेको वाढी पहिरो यसले सयौं नेपालीको ज्यान अनाहकमा लिएको घटना वाट कोही पनि अवगत विहिन छैनौं । छेपारोेले जाडोमा दाउरा जम्मा गर्छु भने जस्तै हामी पनि विपत्ती नआएसम्म त्यसले निम्ताउने विपत्तीको वारेमा चर्चा गर्दैनौं अनि सवै कुरा विर्सन्छौं । प्राकृतिक र वातावरणिय रुपमा झन् स्थिती भयावह नै छ । जलवायु परिवर्तनका कारण देशमा पछिल्ला वर्षहरुमा अतिवृष्टी र अनावृष्टी सामान्य हुँदैछ जसको कारण बाढि पहिरो र सुख्खाका समस्याहरु बढिरहेका छन् ।

जसले गर्दा खाद्य उत्पादन कम भइरहेको छ र हाम्रो खाद्य सुरक्षाको स्थिती दिनप्रतिदिन गम्भिर वन्दै गइरहेको छ । भुगर्वविदहरुका अनुसार जोखिम न्युनिकरणको नाममा कनिका छर्ने प्रबृत्ती हाबी छ कतैको पनि राम्रो र दिगो समाधान नहुनु बिडम्बना हो । यसको लागी कुन ठाउँमा कुन प्रकोपको जोखिम बढी छ भन्ने कुरा सुरुमा पत्ता लगाउनु जरुरी छ ।

जस्तो कि कुनै खोलामा बाढीले पटक पटक जनधनको क्षती गरिराखेको छ भने त्यसको कारण र असरको लेखा जोखा गरी कुन ठाउँमा कस्तो रोकथामको सँरचना बनाउनु पर्छ भन्ने कुराको सँबन्धित बिशेषज्ञ प्राबिधिकले निर्णय गरी कार्यान्नवयन गर्नु पर्ने हो । तर हाम्रो देशमा त बाढी रोकथाम भन्नासाथ जता पनि तार जाली बाँढ्ने कुरामा मात्र सबैको ध्यान जान्छ र जथाभाबी ढुङगा भरिएका तारजाली लगाएको देखिन्छ जुन जोखिम न्युनिकरणको उपयुक्त उपाय होइन र यो अनाबश्यक खर्च मात्र हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् । तर यो समय भनेको एकले अर्कोलाई निर्देशन दिएर आत्मरतिमा रमाउने समय पटक्कै होइन  यसलाई कार्य प्रगति मान्न सकिदैन ।

१५ दिन भित्र काठमाडौंका खाल्डो पुर्न निर्देशन दिएर वस्नु भएका प्रधानमन्त्रीले खाल्डो किन पुरिएन भनेर स्पष्टिकरण लिएको सुनिएन । त्यसैले यो निर्देशनलाई पनि यसै गरी नलत्याइयोस भन्ने कामना वाहेक हामी केहि गर्न सक्दैनौं ।

आफनो सत्ता संग हाम्रो प्राकृतिक सम्पदा साटने सत्तारुढहरुको परम्परापनि आजको विपत्तीकाकारक हो । आफनो देशमा भएको व्यारेजको ढोका समेत खाल्न नसक्ने हाम्रो निरिह सरकार अनि हामी जनताले आफुलाइ कसरी सार्वभौम भन्न पनि अप्ठ्योरो लाग्छ । अव विपत्ती आइसक्यो जसले जहाँ जसरी सकिन्छ त्यसैगरी वास्तविक पिडितहरुले राहात पाउने गरी उद्धार र राहातमा लागौं ।

प्रभावित क्षेत्रकाहरुले ध्यान दिनुपर्ने कुराहरु ः

१,मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।

२. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।

३,एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।

४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।

५. बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।

७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।

८. बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनूस

हामीले आफनो तर्फवाट केही नसकेपनि एटा घरवाट एक किलो चामल र एउटा चाउचाउको दरले संकलन गरियो भने पनि काठमाडौंमा रहेका ३५ लाख मानिसहरुले गरेको सहयोगले प्रभावित क्षेत्रका अधिकांशहरुले राहात पाउने थिए र यसलाई एकिकृत रुपमा परोपकारी संस्थाहरुले समन्वय गर्न सक्नेछ । वाढी पिडतको नाममा चन्दा संकलन गरेर रक्सी पसलमा रमाइलो गर्नेहरु संग भने होसियार हुन पर्छ ।

तपाइँको प्रतिक्रिया ।