चन्द्रागिरी नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन २८।

चन्द्रागिरी नगरपालिका वडा नं ९ को खानेपानीको समस्या समाधानका लागी मच्छेनारायण खानेपानी आयोजना तथा पोखरीमा पानी भर्न छोप खोलामा डिप बोरिङ गर्ने र पानीको मुहान पुरानो ढुङेधारा संरक्षण गरी पानी भण्डारण गर्न निर्माण भएको ट्यान्की मर्मत गरी व्यवस्थित रुपमा खानेपानी वितरण गर्ने मुख्य योजना रहेको वडा नं ९ का अध्यक्ष देबेन्द्र महर्जनले बताए ।

वडा नं ९ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार ,विस्तार  र निर्माण वडा नं ९ को अर्को महत्वपूर्ण योजना रहेको छ । जसमा टौखेल देखी  नया बस्ती चनपा वडा नं १० बाटोको स्तरुन्न्ती गर्ने , वडा स्तरिय भित्री बाटो विभिन्न स्थानमा ग्राबेल गर्ने,बोहोरा चौतरा देखी नमिताको घर सम्म बाटो स्तरुन्नती क्रमागत रुपमा गर्ने , रावल चौर बले मिजारको घर हुँदै टौखेल सम्म बाटो निर्माण गर्ने , ब्यचा खुसी (छोप खोला) देखी साझा पसल जाने बाटो ग्राबेल गर्ने ,बच्चीको घर हुँदै नारायण खेल सडक क्रमागत रुपमा निर्माण गर्ने ,मच्छेगाउ गेट देखी माथी ढल सुधार गर्ने ,टौखेल बस्ती ढल सुधार गर्ने ,भजन मन्डली हुँदै भलिबल ग्राउन्ड जाने बाटोमा ढुङ्गा छाप्ने ,वडास्तरिय गोरेटो बाटो स्तरुन्नती गर्ने ,लिला अधिकारीको घर ख्याचा हुँदै चर्च सम्म बाटो मर्मत गर्ने ,साबिक वडा नं ३ हुँदै बुद्धिरत्नको खेत गडाल बाटो जोड्ने,इन्द्रनारायणको घर हुँदै नानीमाया शाहीको घर जाने बाटो मर्मत सुधार गर्ने ,झुल पोखरी टौखेल बोसी गाउँ जोड्ने बाटो निर्माण गर्ने ,बदाने बाट उमा भट्टा सिमाना सम्म बाटो सुधार मर्मत गर्ने , मच्छे गाउँ तीन थाना सडक टौखेल खण्ड टेवा पर्खाल लगाउने र आले टोलको बाटो स्तरुन्नती गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

वडा नं ९ मा रहेका सार्बजनिक जग्गा संरक्षण गर्ने र मच्छेनारायण मानव कल्याण कोष खडा गरी स्वास्थ र शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए । यसका साथै युबा संचार केन्द्र बनाउने ,मच्छेनारायण मन्दिर परिसर मा निशुल्क वाइ फाइ सेवा दिने र वडाका पायक पर्ने र आवस्यक स्थानमा सौर्य बत्ती जडान गर्ने वडा नं ९ को योजना रहेको छ ।वडा नं ९ को उचित स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने ,चुनदेवीमा पार्क बनाउने योजना पनि वडा को रहेको छ ।

वडा नं ९ मा रहेका धार्मिक र पुरातात्विक सम्पदाहरुको संरक्षण गरी वडामा पर्यटनको विकास गर्ने योजना वडा नं ९ ले बनाएको छ । यसका लागी नेपाल भाषा प्रवर्धन  गर्ने र मच्छेनारायणलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरी संरक्षण गर्ने र वडाका अन्य मठ मन्दिरको मर्मत गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।

महिला तथा युवा लक्षित कार्यक्रम तर्फ स्वरोजगार तालिम जस्तै कृषि तालिम कम्पुटर ,ड्राइभर ,कृषि , पशुपालन , IPM ,मन्टेश्वोरी जस्ता शिपमुलक संचालन गर्ने योजना वडा नं ९ ले बनाएको छ ।

स्वास्थ्य सेवा तर्फ महिला स्वस्थ स्वयंसेवीकाहरुलाई अबलोकन भ्रमण गराउने ,स्वस्थ संस्थाको ट्रस वडा कार्यलाय माथी निर्माण गर्ने ,स्वस्थ चौकीमा डाक्टर सेवा र ल्याब संचालन गरी स्वस्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने योजना वडा नं ९ ले बनाएको अध्यक्ष महर्जनले बताए ।

जेष्ठ नागरिकहरुको लागी सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने र विभिन्न समयमा सम्मान लगायतका कार्यक्रम आयोजना गर्ने योजना वडाले बनाएको छ । साथै वडाको शैक्षिक विकासको लागी सरोकारवाला पक्ष संग छलफल गरेर योजना तय गर्ने अध्यक्ष महर्जनले बताए ।

वडा नं ९ मा रहेको बिश्वज्ञान् पुस्तकालय ब्यबस्तित गर्ने ,विभिन्न समयमा रक्तदान कार्यक्रम गर्ने र  वडाको प्रोफाइल  तयार गरी अहिलेको वडा र पाच बर्ष पछीको वडाको भिन्नता देखाउने योजना बनाएको अध्यक्ष महर्जनले बताए ।

वडा कार्यालयमा आउने सेवाग्राहीलाई छिटोछरितो मुस्कान सहितको सेवा दिने र करको महत्त्व बुझाउन कर सचेतना कार्यक्रम संचालन गर्ने वडा नं ९ को योजना रहेको छ  ।

वडा नं ९ मा अध्यक्ष महर्जनका साथमा रामकृष्ण श्रेष्ठ ,सुरेन्द्र के.सी, चण्डीका श्रेष्ठ र बच्ची बयलकोटी जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।