बूढानिलकण्ठ नगरपालिका पुर्ण खोप युक्त घोषणा

बूढानिलकण्ठ नगरपालिका पुर्ण खोप युक्त घोषणा

कपन अनलाइन

काठमाडौ,साउन २८।

बूढानिलकण्ठ नगरपालिका पुर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । नगरपालिका वडा नं ३ को बुढानिलकण्ठ पार्टी प्यालेसमा भएको कार्यक्रम बाट नगरपालिकालाई पूर्ण खोप युक्त घोषणा गरिएको हो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितीका अध्यक्ष गोपाल कुमार अधिकारी तथा सोही समितीका सद्स्य सचिव मोहन प्रसाद श्रेष्ठ ,जनप्रतिनिधिहरु ,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य स्वयं सेवीका तथा नगरवासीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा निम्तयाइएका माननिय स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेल कार्यव्यस्तताको कारण उपस्थित भएनन् तर उनले पठाएको सन्देस भने कार्यक्रममा वाचन गरेर सुनाइएको थियो 

बुढानिलकण्ठ नगरपालिकाका  कार्यकारी अधिर्कृत बिस्वराज मरासेनीले स्वागत मन्तव्य राखेका थिए। मन्तव्यको क्रममा उनले खुल्ला दिशा पिसाब मुक्त क्षेत्र घोषणा पस्चात बूढानिलकण्ठ नगरपालिका लाई खोप युक्त नगपालिका घोषणा गर्ने वातावरण बनाउन भूमिका खेलेकोमा स्वयंसेवीका हरुलाई  धन्यवाद दिए ।

कार्यक्रम  स्वास्थ्य क्षेत्र मा कार्यरत  स्वयमसेवीहरुलाई  प्रमाण पत्र बितरण गरिएको थियो 

तपाइँको प्रतिक्रिया ।