मेलम्ची आयोजनाद्वारा सुन्दरीजल देखि महांकाल सम्म पाइप बिच्छ्याउने काम सुरु

कपन अनलाइन ,सुन्दरीजल, २८ चैत । मेलम्ची खानेपानी आयोजनाको सुरुड खन्ने काम रोकिए पनि सुन्दरीजलदेखि महाँकालचौरसम्म पाइप बिच्छ्याउने काम भने सुरु भएको छ ।

आयोजनाले अधिग्रहण गरेको जग्गामा सडक निर्माण गर्ने र पाइप बिच्छ्याउने काम सुरु भएको काठमाडाँै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।melamchi

सुन्दरीजलदेखि महाकाँलचौरसम्म १० किलोमिटर सडक खनी पाइप बिच्छ्याउने काम सुरु गरिएको भएको महानिर्देशनालयका आयोजना उपनिर्देशक सञ्जिव राणाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसमा पर्ने मेलम्ची खोलाको पानी सुरुडमार्गबाट काठमाडौँको सुन्दरीजलमा खसाल्ने योजना छ । सुन्दरीजलको महाकाँलमा प्रशोधन केन्द्र निर्माण गर्ने काम भने अर्को ठेकेदार कम्पनी छनोट नभएसम्मका लागि रोकिएको छ ।

यसअघिको चिनिया ठेकेदार कम्पनी चाइना १५ रेल्वे कम्पनीले समयभित्र काम नसकी समय र लागत बढाउन माग गरेपछि ऊसँगको ठेक्का सम्झौता रद्द गरिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।