कपन एमालेले सञ्चारमाध्यमको अनर्गल हल्ला भन्यो

advertisement
कपन अनलाइनकपन एमालेका हस्ती भनेर चिनिने ठाकुरप्रसाद खकुरेलले पार्टी छाडेको खबर सञ्चार माध्यमहरुमा प्रकाशित भएको २४ घण्टापछि नेकपा एमाले कपनले यो कपोलकल्पित हल्ला भनेर प्रेश विज्ञप्ति प्रकाशित गरेको छ । कपन एमाले अध्ययक्ष ध्रुवराज न्यौपानले हिजो साँझ फेशबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीका वरिष्ठ व्यक्तिको नाम उल्लेख गरेर गरिएको गोयवल्स शैलीको दुष्प्रचारलाई एमाले बिरोधी तत्वहरुको गलत नियत भनिएको छ । विज्ञप्तिमा पार्टीका सबै सुभेच्छुक तथा सर्वसाधरणलाई यस्ता समाचारको पछाडि नलाग्न अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।