वालकुमारी स्कूलको शिक्षक अभिभावक संघमा नरेश पौडेल

कपन अनलाइनकपन १ मा रहेको बालकुमारी स्कूलमा नयाँ शिक्षक अभिभावक संघ गठन भएको छ । लामो समयदेखि बालकुमारी स्कूलमा विविध सहयोग गर्दै आएका कपन ७ का नरेश पौडेल शिक्षक अभिभावक संघको अध्यक्षमा चयन भएका छन् । शिक्षा नियमावलीले निर्दिष्ट गरेको ११ सदस्यीय समितिमा रिञ्जी शेर्पा, खिलबहादुर थापा र कमला खनाल बोगटीलगायतका व्यक्तिहरु सदस्य रहेका छन् । चैत्र २८ गते विहान भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपनेलगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।